सलमान खान
१० भदौ, भैरहवा । रुपन्देहीमा सरकारी कर्मचारीको लागि मंगलबारबाट बससेवा सुरु भएको छ । सेवाग्राहीलाई समयमा सेवा दिन सरकारी कर्मचारीका लागि बस सेवा सुरु भएको हो ।
कर्मचारीका लागि बुटवलको गोलपार्कदेखि जिल्ला प्रशासन कार्यालय भैरहवासम्म बस सेवा चलेपछि सार्वजनिक सवारी साधनमा झुण्डिएर जानुपर्ने बाध्यता हटेकाले कर्मचारी खुसी भएका छन् ।
‘सार्वजनिक सवारीमा जहिल्यै कोचिएर जानुपथ्र्यो, बस नपाउँदा समयमा कार्यालय पुग्न सकिदैनथ्यो’, डिभिजन सहकारी कार्यालय रुपन्देहीकी प्रमुख रमा आचार्यले अनलाइनखबरसँग भनिन्, ‘घर फकिर्ँदा राति हुनथ्यो, अब त्यो समस्या समाधान भएको छ ।’
प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेलको प्रयत्नमा कर्मचारीका लागि वस सेवा सुरु भएको हो । बुटवल क्षेत्रबाट ६० जनाबढी कर्मचारी भैरहवाका कार्यालयमा कार्यरत छन् । वस सेवाले समयमा कार्यालय पुगेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सक्दा छड्केमा पर्ने त्रास पनि हटेको कर्मचारीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पन्थीले पश्चिम नेपाल बस ब्यवसायी संघले कर्मचारीको आग्रहलाई सम्बोधन गरेर प्रशंसनीय काम गरेको बताउँदै कर्मचारीलाई ३३ प्रतिशत कम भाडा लिने समितिको निर्णयले सेवाग्राहीलाई पनि राहत हुने बताए ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले कर्मचारी समयमा कार्यालय नपुग्दा ब्यवसायीलेसमेत सहज सेवा लिन नपाएकाले वस सेवो सञ्चालन गरिएको बताए ।
कर्मचारी बोक्ने बस बुटवलको गोलपार्कबाट विहान सवा ९ बजे छुटी १० बजे जिल्ला प्रशासन कार्यालयमा पुग्ने गर्छ । कार्यालय समय सकिएपछि बेलुका ५ बजे भैरहवबाट छुटेको बस बुटवलको गोलपार्कसम्म ल्याएर कर्मचारीलाई छोड्ने रुट तय गरिएको छ ।

No comments:
Post a Comment