Tuesday, August 26, 2014

गृहमन्त्रीलाई संसदीय समितिको निर्देशन

Bamdev Goutamवितेका तीन सातायता मुलुकका विभिन्न भेगमा गएको बाढी तथा पहिरोका कारण भएको जनधनको क्षति, उद्धार र राहत कार्य प्रभावकारी तुल्याएर एक हप्ताभित्र त्यसको जानकारी गराउन राज्य व्यवस्था समितिले उपप्रधान तथा गृहमन्त्रीलाई नौबुँदे निर्देशन दिएको छ ।
बैठकले जिल्ला र गाउँस्तरमा राजनीतिक र अन्य सम्बन्धित व्यक्ति सम्मिलित समिति गठन गरी त्यस संयन्त्रमार्फत राहत र पुनःस्थापनाको कार्यक्रम उच्च प्राथमिकताका साथ प्रारम्भ गर्न सरकारलाई सुझाव पनि दिएको छ ।
प्राकृतिक प्रकोप प्रभावित जिल्ला एवम् क्षेत्रमा उद्धार तथा राहत कार्यको अनुगमन एवम् समन्वय गर्ने कार्यका लागि मन्त्रिपरिषद्का एक सदस्यलाई पूर्ण अधिकार, उत्तरदायित्व र जिम्मेवारी तोकी निश्चित अवधिका लागि क्षेत्रमा मुकामकायम गर्ने व्यवस्था मिलाउनसमेत गृहमन्त्रीलाई समितिले निर्देशन गरेको छ ।
प्राकृतिक प्रकोपको कारणबाट असामयिक निधन भएका व्यक्तिको घर परिवारलाई उचित राहतसहितको क्षतिपूर्ति, विस्थापित परिवारलाई अस्थायी शिविरको बन्दोबस्तसहित खाने र बस्ने उचित व्यवस्था, र घाइतेका लागि स्वास्थ्योपचारसहित खाने र बस्ने व्यवस्था गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।
बाढी पहिरोबाट पुग्न गएको क्षतिको मूल्याङ्कनसहित स्वास्थ्य मन्त्रालय र सो सम्बद्ध निकायबाट निरन्तररुपमा त्यस्ता स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी लाग्न सक्ने विभिन्न रोगब्याधिको रोकथाममा उच्च प्राथमिकता दिने व्यवस्था मिलाउन पनि आज बसेको समितिको बैठकले निर्देशन दिएको छ ।
प्राकृतिक प्रकोपबाट बाँच्न सफल नागरिकको गाँस र बासको उचित प्रबन्धका लागि नेपाल खाद्य संस्थानमा रहेको खाद्यान्न सरकारले खरिद गरी बजार व्यवस्था नभएको वा पुग्न असहज परिस्थिति देखिएको क्षतिग्रस्त स्थानका लागि न्यूनतम पाँच जनाको एक परिवारका हिसाबले योजनाबद्ध रुपमा कम्तीमा एक महिनाका लागि पुग्ने चामल, नुन, तेल, पिठो, दाल, गेडागुडी, शुद्ध खानेपानी र लत्ताकपडालगायतका खाद्य सामग्रीको प्याकेट तत्काल आपूर्ति गर्ने व्यवस्था गर्न पनि सरकारलाई समितिले भनेको छ ।
प्रकोपबाट बाँच्न सफल जनताको अस्थायी बासस्थानका लागि उच्च प्राथमिकताका साथ कार्य गर्न र उद्धार र राहतसम्बन्धी विस्तृत अध्यावधिक प्रतिवेदन निरन्तर रुपमा समितिलाई उपलब्ध गराउनसमेत समितिले सुझाव दिएको छ । साथै भविष्यमा यस प्रकारको विपद् व्यवस्थापनका लागि समयमै अपनाउनुपर्ने तयारी र दीर्घकालीन योजनाबारेसमेत ध्यान पु¥याउन समितिले सुझाव दिएको छ ।
समितिले मुलुकका विभिन्न भागमा आएको बाढी र पहिरोका कारणबाट पुग्न गएको क्षतिबारे मौसम पूर्वानुमानको सचेतना पछि पनि विपद् व्यवस्थापनका सम्बन्धमा सरकारबाट विपद् पूर्व गर्नुपर्ने सावधानीमा उचित ध्यान पु¥याउन नसकेको भनी सरकारको आलोचना गरेको छ ।
बैठकमा यसअघि गृहमन्त्री वामदेव गौतमले गते जेठ २४ गते यता मुलुकका विभिन्न भागमा आएको बाढी र पहिरोबाट भएको धनजनको विवरण प्रस्तुत गर्दै पीडितको प्रभावकारी उद्धारका लागि गृह प्रशासनले कुनै कसर बाँकी नराखी काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले बाढीपहिरोबाट ३९ जिल्ला प्रभावित भएको, ती घटनामा परी २३१ जनाको मृत्यु भएको, १४६ जना गम्भीर घाइते भएको तथा २४९ बेपत्ता भएको जानकारी दिनुभयो । बाढी पहिरोबाट पाँच हजार ५८५ घर पूर्णरुपमा र १३ हजार ७७९ आंशिक रुपमा क्षति पुगेको पनि मन्त्री गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी, पहिरो र डुबानबाट रु ३७ करोड १५ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ र केन्द्रीय दैवी उद्धार कोषबाट हालसम्म रु आठ करोड ९७ लाख रकम निकासा भएको छ ।
बैठकमा सहभागी सदस्यहरूले बाढीपीडितलाई राहत वितरणमा विभेद गरिएको, राहत वितरण कार्य प्रभावकारी नभएको, तथ्याङ्क सङ्कलन कार्य वास्तविकताका आधारमा नभएको, जोखिम नियन्त्रण गर्नुभन्दा राहतमुखी शैली सरकारले अवलम्बन गरेकाले प्राकृतिक प्रकोपका घटना बढेको भनी सरकारको आलोचना गर्नुभएको थियो ।
u[xdGqLnfO{ ;+;bLo ;ldltsf] lgb]{zg
ljt]sf tLg ;ftfotf d’n'ssf ljleGg e]udf uPsf] af9L tyf klx/f]sf sf/0f ePsf] hgwgsf] Iflt, p4f/ / /fxt sfo{ k|efjsf/L t’NofP/ Ps xKtfleq To;sf] hfgsf/L u/fpg /fHo Joj:yf ;ldltn] pkk|wfg tyf u[xdGqLnfO{ gf}a'Fb] lgb{]zg lbPsf] 5 .

a}7sn] lhNnf / ufpF:t/df /fhgLlts / cGo ;DalGwt JolQm ;lDdlnt ;ldlt u7g u/L To; ;+oGqdfkm{t /fxt / k’gM:yfkgfsf] sfo{qmd pRr k|fyldstfsf ;fy k|f/De ug{ ;/sf/nfO{ ;’emfj klg lbPsf] 5 .

k|fs[lts k|sf]k k|efljt lhNnf Pjd\ If]qdf p4f/ tyf /fxt sfo{sf] cg’udg Pjd\ ;dGjo ug]{ sfo{sf nflu dlGqkl/ifb\sf Ps ;b:onfO{ k”0f{ clwsf/, pQ/bfloTj / lhDd]jf/L tf]sL lglZrt cjlwsf nflu If]qdf d’sfdsfod ug]{ Joj:yf ldnfpg;d]t u[xdGqLnfO{ ;ldltn] lgb{]zg u/]sf] 5 .

k|fs[lts k|sf]ksf] sf/0faf6 c;fdlos lgwg ePsf JolQmsf] 3/ kl/jf/nfO{ plrt /fxt;lxtsf] Ifltk”lt{, lj:yflkt kl/jf/nfO{ c:yfoL lzlj/sf] aGbf]a:t;lxt vfg] / a:g] plrt Joj:yf, / 3fOt]sf nflu :jf:Yof]krf/;lxt vfg] / a:g] Joj:yf ug{ klg ;ldltn] ;/sf/nfO{ ;’emfj lbPsf] 5 .

af9L klx/f]af6 k’Ug uPsf] Ifltsf] d”Nofª\sg;lxt :jf:Yo dGqfno / ;f] ;Da4 lgsfoaf6 lg/Gt/?kdf To:tf :yfgdf :jf:Yo lzlj/ ;~rfng u/L nfUg ;Sg] ljleGg /f]uAoflwsf] /f]syfddf pRr k|fyldstf lbg] Joj:yf ldnfpg klg cfh a;]sf] ;ldltsf] a}7sn] lgb]{zg lbPsf] 5 .

k|fs[lts k|sf]kaf6 afFRg ;kmn gful/ssf] ufF; / af;sf] plrt k|aGwsf nflu g]kfn vfB ;+:yfgdf /x]sf] vfBfGg ;/sf/n] vl/b u/L ahf/ Joj:yf gePsf] jf k’Ug c;xh kl/l:ylt b]lvPsf] Ifltu|:t :yfgsf nflu Go”gtd kfFr hgfsf] Ps kl/jf/sf lx;fan] of]hgfa4 ?kdf sDtLdf Ps dlxgfsf nflu k’Ug] rfdn, g’g, t]n, lk7f], bfn, u]8fu’8L, z’4 vfg]kfgL / nQfsk8fnufotsf vfB ;fdu|Lsf] Kofs]6 tTsfn cfk”lt{ ug{] Joj:yf ug{ klg ;/sf/nfO{ ;ldltn] eg]sf] 5 .

k|sf]kaf6 afFRg ;kmn hgtfsf] c:yfoL af;:yfgsf nflu pRr k|fyldstfsf ;fy sfo{ ug{ / p4f/ / /fxt;DaGwL lj:t[t cWofjlws k|ltj]bg lg/Gt/ ?kdf ;ldltnfO{ pknAw u/fpg;d]t ;ldltn] ;’emfj lbPsf] 5 . ;fy} eljiodf o; k|sf/sf] ljkb\ Joj:yfkgsf nflu ;dod} ckgfpg’kg]{ tof/L / bL3{sfnLg of]hgfaf/];d]t Wofg k’¥ofpg ;ldltn] ;’emfj lbPsf] 5 .

;ldltn] d’n'ssf ljleGg efudf cfPsf] af9L / klx/f]sf sf/0faf6 k’Ug uPsf] Ifltaf/] df};d k”jf{g’dfgsf] ;r]tgf kl5 klg ljkb\ Joj:yfkgsf ;DaGwdf ;/sf/af6 ljkb\ k”j{ ug’{kg]{ ;fjwfgLdf plrt Wofg k’¥ofpg g;s]sf] egL ;/sf/sf] cfnf]rgf u/]sf] 5 .

a}7sdf o;cl3 u[xdGqL jfdb]j uf}tdn] ut] h]7 @$ ut] otf d’n'ssf ljleGg efudf cfPsf] af9L / klx/f]af6 ePsf] wghgsf] ljj/0f k|:t’t ub}{ kLl8tsf] k|efjsf/L p4f/sf nflu u[x k|zf;gn] s’g} s;/ afFsL g/fvL sfd ul//x]sf] hfgsf/L lbg’eof] .

pxfFn] af9Lklx/f]af6 #( lhNnf k|efljt ePsf], tL 36gfdf k/L @#! hgfsf] d[To' ePsf], !$^ hgf uDeL/ 3fOt] ePsf] tyf @$( a]kQf ePsf] hfgsf/L lbg’eof] . af9L klx/f]af6 kfFr xhf/ %*% 3/ k”0f{?kdf / !# xhf/ &&( cf+lzs ?kdf Iflt k’u]sf] klg dGqL uf}tdn] hfgsf/L lbg’eof] . pxfFsf cg’;f/ af9L, klx/f] / 8′afgaf6 ? #& s/f]8 !% nfv a/fa/sf] ef}lts ;DklQ Iflt ePsf] 5 / s]Gb|Lo b}jL p4f/ sf]ifaf6 xfn;Dd ? cf7 s/f]8 (& nfv /sd lgsf;f ePsf] 5 .

a}7sdf ;xefuL ;b:ox¿n] af9LkLl8tnfO{ /fxt ljt/0fdf lje]b ul/Psf], /fxt ljt/0f sfo{ k|efjsf/L gePsf], tYofª\s ;ª\sng sfo{ jf:tljstfsf cfwf/df gePsf], hf]lvd lgoGq0f ug’{eGbf /fxtd’vL z}nL ;/sf/n] cjnDag u/]sfn] k|fs[lts k|sf]ksf 36gf a9]sf] egL ;/sf/sf] cfnf]rgf ug’{ePsf] lyof] .
- See more at: http://www.nepaljapan.com/2014/08/26/128279/#sthash.7ra4lPKv.dpuf

No comments: