Tuesday, August 26, 2014

मोरङमा जापानिज इन्सेफ्लाइटिसबाट छ को मृत्यु

26 August 2014 20:20

मोरङमा हाल जापानिज इन्सेफ्लाइटिसले बिकराल रुप लिदै गरेको छ | साउनको पहिलो सातादेखि जिल्लाका विभिन्न तीन गाविसमा फैलिएको जापानिज इन्सेफ्लाइटिस रोगबाट अहिलेसम्म छ जनाको मृत्यु भएको छ ।
मोरङका उत्तरी गाविसहरू पथरी, भोगटेनी र लेटाङमा चारजना र पथरीका दुईजनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोलर मोहमद वासिलले जानकारी दिए । भेक्टर कन्ट्रोलर मोहमद वासिलका अनुसार मृत्यु हुनेमा पथरी–१ की फडफरा लिम्बू, पथरीकै २८ वर्षीय गणेश मगर, लेटाङ–२ की छ वर्षीया सीमा मगर, लेटाङ–११ की ११ वर्षीय बालब विक, लेटा–९ का ७ वर्षीय बुद्धराज लिम्बू, लेटाङ–३ की ७४ वर्षीया देवकुमारी घिमिरे छन् ।
मोरङका गाउँहरूमा अव्यवस्थित रुपमा पालिएका सुँगुर र बुङ्गुरका कारण इन्सेफ्लाइटिस फैलिएको जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोलर वासिलले जानकारी दिए । यो रोग सुँगुर वा बङ्गुरलाई टोकेको सङ्क्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा लाग्ने गर्दछ । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएपछि मानिसको बाँच्ने सम्भावना कम हुने र बाँचिहाले पनि अपाङ्ग हुने भेक्टर कन्ट्रोलर वासिलले बताए ।

No comments: