Monday, August 25, 2014

सेल्फी क्यामरा लञ्च, थाहा पाउनुस् यसका विशेषता

selfie cameraनेटवर्किङको बढ्दो प्रयोगका कारण मानिसहरुमा सेल्फीप्रतिको रुची बढ्दो छ । देश विदेशका सामान्य मानिसहरुदेखि विभिन्न व्यक्तित्व र सेलिब्रिटीहरुले फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता साइटहरुमा आफ्नो सेल्फी अपलोड गर्ने गरेका छन् । अमेरिकी सेलिब्रिटी किम कार्दासियनले आफ्ना सेल्फीहरुको किताब नै निकाल्ने घोषणा गरिसकेकी छिन् ।
मानिसहरुको यहि मोहलाई ध्यानमा राखेर सोनी कम्पनीले सेल्फी क्यामराको लञ्च गरेको छ । Cyber-shot DSC-KW11 नाम दिइएको यो क्यामरा परफ्युम बोतलको आकारमा निकालिएको छ ।
सेल्फी क्यामराको विशेषता
– ३.३ इन्चको स्क्रिन
– मूल्य ८११ डलर
– १९.८ मेगापिक्सेलको रोटेटिङ क्यामरा
– १८० डिग्रीसम्म क्यामराको लेन्स घुमाउन मिल्ने
– फोटो खिच्दा कम सटर साउन्ड
– कम लाइट कन्डिसनका लागि राम्रो इफेक्ट्स
– आउँदो अक्टोबरदेखि बजारमा निस्कने
– सेतो, गुलाबी, हरियो, प्याजी रंगमा उपलब्ध हुने । (एजेन्सी)

No comments: