नेपाली सेनाको कल्याणकारी कोषमा हालसम्मकै उच्चतम वृद्धि
काठमाडौं:
नेपाली सेनाको कल्याणकारी कोषमा हालसम्मकै उच्चतम वृद्धि भएको छ । गत वर्षको असार मसान्तदेखि यसवर्षको असार मसान्तसम्ममा रु तीन अर्ब ५७ करोड १६ लाख ४१ हजार वृद्धि भई कोषको जम्मा रु २६ अर्ब ८८ करोड २७ लाख पुगेको छ ।
कोषअन्तर्गत विभिन्न निकायमा २०७१ असार मसान्तसम्म गरिएको लगानी रु दुई अर्ब ४४ करोड ६७ लाख पाँच हजार गरी कोषको कूल सम्पत्ति रु २९ अर्ब ३२ करोड ९४ लाख ५ हजार पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले सो अवसरमा जानकारी दिएको छ ।
सैनिक ऐन २०६३ तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ अन्तर्गत कोष सञ्चालित छ । प्रधानसेनापतिको अध्यक्षतामा सात सदस्यीय कल्याणकारी कोष तथा सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था छ । कोषअन्तर्गत नेपाली सेना कल्याणकारी बोर्ड रहेको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सेनामा भाग लिएवापत, बैँक तथा वित्तीय सस्थाहरूमा रहेको निक्षेप रकमबाट प्राप्त ब्याजजस्ता मुख्य क्षेत्र आयबाट जम्मा हुने सो कोषबाट स्वास्थ्य, शिक्षा, आर्थिक राहत तथा बिमाजस्ता कल्याणकारी कार्यहरूमा लगानी हुने गर्दछ ।
पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक सहायक रथी धनीदास कार्कीले कोषको रकम ‘क’ वर्गका बैँक, ‘ख’ वर्गका विकास बैँक र ‘ग’ वर्गका वित्त कम्पनीमा मौज्दात रहेको जानकारी दिनुभयो । मौज्दात रकमबाट प्राप्त ब्याज नै कोषको मुख्य आय रहेको छ ।
यस वर्ष सर्वसाधारण जनता र भूतपूर्व सेनालाई सशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्न महाकांलस्थित त्रिचन्द्र मिलिटरी अस्पताल परिसरमा ४५९ शै्याको अस्पताल निर्माण कार्य प्रारम्भ भएको, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्बन्धनमा पोलिटेक्निक स्थापना गर्न लागिएको जानकारी दिए ।
सहुलियत व्याजदरमा लघुवित्त कर्जा सञ्चालनअन्तर्गत पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा विस्तार गर्न लागिएको, औषधि उपचारको सीमा प्रतिव्यक्ति रु एक लाखबाट रु एक लाख दश हजार पु¥याइएको, घाइतेलाई निःशुल्क स्कुटर वितरण गरिएको निर्देशक सहायक रथी कार्कीले जानकारी दिए ।
उनले अबकाश प्राप्त सैनिकहाई हेरचाह गर्न भेन्ट्रान्स होम पहिलो चरणमा काठमाडौंमा सञ्चालनमा रहेकोमा यसलाई अरु विकास क्षेत्रमा पनि सञ्चालन गर्न लागिएको, सीपमूलक एवम् रोजगारीमूलक तालिमअन्तर्गत थप अटोमेकानिक्स, सिभिल, इलोक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सञ्चालन गर्ने योजना रहेको पत्रकारसम्मेलनमा उनले जानकारी दिए ।
कोषले हाल आन्तरिकरुपमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, वीरेन्द्र अस्पतालस्थित अक्सिजन प्लान्ट, इमल्सन प्लान्ट, निवृत्तीभरण कोष, सैनिक आवासीय महाविद्यालय, इचङ्गुनारायणमा जग्गा खरिद र भवन निर्माणजस्ता क्षेत्रमा लगानी गरिराखेको छ । निर्देशक सहायक रथी कार्कीले आव २०६९÷७० सम्मको लेखा परीक्षण सम्पन्न भइसकेको पनि पत्रकारसम्मेलनमा जानकारी दिए ।
नेपाल विष्फोटन पदार्थमा आत्मनिर्भर हुँदै
नेपाली सेनाले विष्फोटक पदार्थमा आत्मनिर्भर हुन सरकारसँग मिलेर सूनाचरीमा वाटर जेल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि सेनाले सैनिक कल्याणकारी कोषबाट रु ३० करोड लगानी गर्न लागेको कोषका निर्देशक सहायक रथी धनीदास कार्कीले जानकारी दिए ।
नेपाललाई हाल बर्सेनि पाँच हजार मेक्ट्रिक टन विष्फोटक पदार्थ आवश्यकता पर्ने गर्दछ । सो वाटर जेल प्लान्ट सञ्चालनमा आएपछि नेपालमा करिब चार हजार मेक्ट्रिक टन विष्फोटक पदार्थ उत्पादन हुनेछ । - रासस
No comments:
Post a Comment