August 31 गोरखा :
चार जनाको ज्यान जाने गरी शनिबार भएको बस दुर्घटनाको बिरोधमाआइतबार बिहानैदेखि आरुघाट बजार बन्द रहेको छ।बन्दलाई समर्थन गर्दै घटनास्थल रहेको बगुवा, मसेल तथा तान्द्राङ गाविसका सम्पूर्ण शैक्षिकसंस्था बन्द गरिएको स्थानीयहरुले जानकारी दिएका छन्।
आरुघाटका स्थानीयबासीले स्वस्फूर्त रुपमा बिहानैदेखि बजार बन्द गरेको आरुघाट इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले जानकारी दिए।बाटो जीर्ण हुँदा पनि राज्यको ध्यान नगएको र गोरखा यातायात ब्यबसायीसमितिले लापर्बाही गर्दा दुर्घटना भएको भन्दै सोको बिरोधमा बन्द गरिएको स्थानीय ब्यापारी गणेशकुमार श्रेष्ठले जानकारी दिए ‘स्थानीय प्रशासन र गोरखायातायातको लापार्बाहीले दुर्घटना भएको भन्ने हामीले ठहर गर्यौं। त्यसैले बन्द गरिएको हो’ श्रेष्ठले भने ‘यहाँका पसल, विद्यालय, सरकारी तथा गैरसरकारीकार्यालयहरु, यातायात पूर्ण रुपमा बन्द छन्।’अनिश्चित काल सम्मका लागि बजार बन्द गरिएको उनले बताए ।
आरुघाटबाट गोरखाका लागि छुटेको बस शनिबार बिहान ११ बजे बगुवा ३ खान्चोकमा दुर्घटना भएर चार जनाको ज्यान गएको थियो । ३७ जना घाइते भएका थिए ।आरुघाट गोरखाको ग्रामीण सडक अति जीर्ण भएका कारण दुर्घटना भएको स्थानीयले ठहर गरेको उनले बताए। ‘बर्सेनी करोडौं खर्च हुँदा पनि सडकको अबस्था ज्यादै जीर्ण छ’ श्रेष्ठले भने ‘दुर्घटना भएर मान्छे मरेका छन्।घाइते भएका छन्। तर उद्धार गर्न एम्बुलेन्स पनि जान सक्दैन।
उपचारमा ढिलाइ भएका कारण घाइतेको ज्यान गएको छ। यस्तो अबस्थाप्रति राज्यको ध्यान गएको छैन।’यातायात ब्यबसायी समिति गोरखाले लापार्बाही रुपमा बस सञ्चालन गरेकाले पनि दुर्घटना भएको उनले बताए।‘गोरखा यातायातले थोत्रो बस चलाउँछ । बिहान सात बजे छुटेको बसलाई आठ बजे छुटेको बसले उछिन्यो।त्यसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भयो’ स्थानीय गणेशकुमार श्रेष्ठले भने‘अगाडिको बस दुर्घटना भएको छ । मान्छे मरेका छन्, घाइते भएका छन्, तर पछिपछि आएको बसले घाइतेको उद्धार नगरी यात्रु बोकेर जान्छ । यो भन्दा लापार्बाही के हुन्छ ? त्यसको सर्बत्र बिरोध भएको छ ।’
घटनाको बिरोधमा बगुवा गाविसका सबै विद्यालयहरु बन्द भएको स्थानीय सुरज श्रेष्ठले जानकारी दिए । त्यस्तै तान्द्राङ, मसेल र आरुचनौटे गाविसका सबै विद्यालय बन्द गरेको संस्कृत उमावि तान्द्राङका प्राचार्य श्याम लामिछानेले बताए।
No comments:
Post a Comment