अवैध २३ औषधिपसल बन्द
११ बुधबार
काठमाडौं : सरकारले अवैध रूपमा सञ्चालित २३ वटा औषधिपसल बन्द गराएको छ। औषधि व्यवस्था विभागले बिनादर्ता सञ्चालित ती औषधिपसललाई दर्ता गर्न पटक-पटक आग्रह गर्दा पनि पछिल्लो दुई महिनासम्म अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा बन्द गराएको हो।
बन्द भएका औषधि पसलमा भक्तपुर, धादिङ, रूपन्देही, अर्घखाँची, नवलपरासी, कपिलजस्तुका छन्। विभागका औषधि निरीक्षकले औषधिपसलको आकस्मिक निरीक्षण गर्दा केही दर्ता नभई सञ्चालित, कतिपयले होर्डिङबोर्डमा क्लिनिक लेखेर औषधि बिक्री गर्ने गरेको फेला पारेको थियो।
कतिपयले दर्ता प्रमाणपत्र भाडामा लिएर औषधि बिक्री गरिरहेको पाइएको थियो। विभागका औषधि निरीक्षक पानबहादुर क्षेत्रीले अन्नपूर्णसँग भने, 'दर्ताका लागि १५ देखि एक महिनाको समय दिएका थियौं तर कोही पनि आएनन्। कानुन उल्लंघन गरेपछि औषधिपसल बन्द गराउन हामीले जिल्ला प्रशासन कार्यालयलाई लिखित आग्रह गरेका थियौं।'
विभागको आग्रहपछि जिल्ला प्रशासन कार्यालयले औषधिपसल बन्द गराएको उनले बताए। प्रशासनले औषधिपसल बन्द गराएपछि विभागलाई जानकारी गराएको थियो।
'पहिले हामीले आफ्नै ढंगले मात्र काम गर्यौं, एक्लै अनुगमनमा खटियौं उपलब्धि हात परेन', विभागका औषधि निरीक्षक पानबहादुर क्षेत्रीले भने, 'पछिल्लो समय जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अगाडि बढाएको छौं। यसले राम्रो नतिजा दिन थालेको छ। यो दुई निकायको समन्वयमा काम गर्दा प्रभावकारी हुन्छ भन्ने एउटा राम्रो सन्देश गएको छ।'
बन्द भएका औषधिपसलमा भक्त पुर छालिङ-२ तिखेलको बिना औषधिपसल, दधिकोट ६ को दधिकोट औषधिपसल, बुटवल नगरपालिका १३ कालिकानगरको आचार्य उपचार क्लिनिक, हात्ती बनागाई १ को सरस्वती हेल्थ क्लिनिक, करहिया ३ भलबारीको पाल्पा मेडिकल हल, बुटवल नगरपालिका ९ अञ्चलपुरको न्युरो एन्ड एलाइड क्लिनिक, अस्मि मेडिकल हल र न्यु पाण्डे हेल्थ क्लिनिक छन्।
बन्द भएका औषधि पसलमा भक्तपुर, धादिङ, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुका छन्।
यस्तै धादिङ महादेवबेसीको महादेवबेसी हस्पिटलको औषधिपसल, अर्घाखाँची ढाकावाङ पीपलनेटाको चेतन मेडिकल, जीवन रक्षा मेडिकल र सन्तोष मेडिकल हल पनि बन्द भएका छन्।
नवलपरासी तम्सरिया गाविस दुई वसन्तपुरको जेपी क्लिनिक, कुडिया-८ को पन्जियार प्याथोलोजी, जमुनिया-४ सेमरीको अशोका हेल्थ क्लिनिक, प्रतापपुर-१ खैरहनीको अन्सारी मेडिको क्लिनिक, प्रतापुर-४ बेलाटारीको एमआरसी डायगोनोस्टिक प्याथोलोजी ल्याब हेल्थ केयर सेन्टर, प्रतापुर १ खैरहनीको पवन हेल्थ क्लिनिक, प्रतापुर-१ वसन्तपुरको सापकोटा क्लिनिक, जमुनिया-४ सेमरीको राय हेल्थ क्लिनिकसमेत बन्द भएका छन्।
यस्तै कपिलवस्तु मोतीपुर-३ कोइली बनगाईको न्यु मेडिकल हल, मोतीपुर ४ बोडगाउँका गैरे हेल्थ केयर क्लिनिक, न्यु सफल मेडिकल हल, भट्टराई मेडिकल हल बन्द भएका छन्। काठमाडौंका तीनवटा औषधिपसल विभागले केही समय बन्द गराएपछि दर्ता भएर सञ्चालनमा आएका छन्।
विभागले अवैध रूपमा सञ्चालनमा आउने औषधिपसल बन्द गराउन गत वैशाखदेखि जिल्ला प्रशासन कार्यालयको सहयोग लिइरहेको छ। क्षेत्रीले भने, 'विभागमा जनशक्ति थोरै भएकाले दोहोर्याएर अनुगमनमा जान नसक्दा औषधिपसलले मनोमानी गरेको पाइयो, अहिले हामी एउटै औषधिपसलमा पटकपटक अनुगमनका लागि पुगेका छौं।' अनुगमन फितलो भएको र नियमविपरीत सञ्चालित औषधिपसललाई कारबाही नभएको गुनासो आएपछि विभागले पछिल्लो समय नयाँ रणनीतिका साथ अनुगमन प्रक्रिया अगाडि बढाएको छ।
विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजूले एकपटकमा एउटा जिल्लाका सबै औषधिपसलको अनुगन गरिने रणनीति बनाइएको बताए। 'निश्चित समयमा निश्चत क्षेत्रको औषधिपसल अनुगमन गर्दा राम्रो उपलब्धि हात पर्ने देखियो', भुजूले भने।
No comments:
Post a Comment