९ भदौ, सप्तरी । अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा सप्तरीको जमुनी मधेपुरा गाविसबाट पक्राउ परेका तीनजना महिला कलाकार धरौटीमा छुटेका छन् । कृष्ण जन्माष्टमीको अवसरमा भदौ २ गते राति सप्तरीको जमुनी मधेपुरा गाविसमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले तीनजना महिला कलाकारलाई पक्राउ गरेका थिए । तीनैजनाविरुद्ध सप्तरी प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । सार्वजनिक अपराध मुद्दाको सुनुवाइ गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जनही एक/एक हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । प्रजिअको आदेशसँगै उनीहरु धरौटी तिरेर रिहा भएका छन । पक्राउ परेकाहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । रासस
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Monday, August 25, 2014
अश्लील नृत्य गर्ने महिला कलाकार धरौटीमा छुटे
९ भदौ, सप्तरी । अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा सप्तरीको जमुनी मधेपुरा गाविसबाट पक्राउ परेका तीनजना महिला कलाकार धरौटीमा छुटेका छन् । कृष्ण जन्माष्टमीको अवसरमा भदौ २ गते राति सप्तरीको जमुनी मधेपुरा गाविसमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले तीनजना महिला कलाकारलाई पक्राउ गरेका थिए । तीनैजनाविरुद्ध सप्तरी प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । सार्वजनिक अपराध मुद्दाको सुनुवाइ गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जनही एक/एक हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । प्रजिअको आदेशसँगै उनीहरु धरौटी तिरेर रिहा भएका छन । पक्राउ परेकाहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment