सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड
31August चरिकोट :
डाक्टरको लापरवाहीको कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले चरिकोटमा रहेको दोलखा सामुदायिक अस्पताल तोडफोड गरेको छन्।
रापेछाप जिल्ला प्रिति गाविस वडा नम्वर १ निवासी २६ वर्षीया जितमाया श्रेष्ठको सुत्केरी हुने क्रममा धेरै रगत वगेर मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन्।
सुत्केरी गराउन उनलाई शनिवार दोलखाको जिल्ला अस्पताल जिरीमा ल्याइएको थियो।जिरीले उपचार सम्भव नभएको भन्दै काठमाडौ रिफर गरेको उनका आफ्न्त चुडा श्रेष्ठले जानकारी दिए। काठमाडौ लैजान ल्याइरहेको विरामीलाई चरीकोटमा रहेको सामुदायीक अस्पतालका डाक्टरले ९९ प्रतिशत ठिक पार्छौ भनेर भर्ना गरेको आफ्न्तको आरोप छ।
श्रेष्ठको आइतवार विहान ज्यान गएको हो । अत्याधिक रक्तश्राव भएपछि त्यहा कार्यरत स्टाफ र आफ्न्तले पटकपटक डाक्टरलाई बोलाउँंदा वेवास्ता गरी बसेको र विरामीको ज्यान गइसकेपछि काठमाडौ रिफर गर भन्दै डाक्टर आएको मृतकका आफन्तले बताए।
डाक्टरको कमजोरी लुकाउन अस्पताल प्रशासनले मृतकको लासलाई अस्पताल भन्दा केही टाढा भिमेश्वर नगरपालिका १३ चरङ्गे सम्म पुराएको र फिर्ता ल्याएको आफ्न्तहरुको आरोप छ। उनीहरुको अस्पताल परिसरमै शव राखेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । नवजात बच्चालाई चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र वच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। हाल अस्पताल आसपासको क्षेत्र तनावग्रस्त रहेको छ।
No comments:
Post a Comment