Wednesday, August 27, 2014

तीज मनाउन माइत हिँडेकी पत्नीको हत्या


११ भदौ, रुकुम ।

 तीजमा दर खान माइती हिँडेकी पत्नीको रुकुमको गरायला गाविसका एक व्यक्तिले हत्या गरेका छन् । गरायला-४ का प्रजित ओलीले पत्नी विमला ओलीको सोमबार दिउँसो हत्या गरेका हुन् । दुली गाविस-३ मा रहेको माइती घर पुर्याउने क्रममा प्रजितले बाटोमै पत्नी विमलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घरमा छोरालाई एक्लै छोडेर भागिरहेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरेपछि प्रजितले पत्नीको हत्या गरेको खुलेको हो । तीज मान्न जाने पत्नीलाई माइती पुर्‍याउन हिँडेका प्रजितले डाँडाघाट जंगलको वीचमा पत्नीको हत्या गरेको प्रहरीको भनाइ छ । पत्नीको हत्या अभियोगमा प्रतिजलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको रुकुमका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलले जनाकारी दिए । पत्नीको हत्या गरी भागेका प्रजितलाई रुकुमकै पुर्तिमकाँडाबाट प्रहरीले पक्राउ गरेको हो । अभियुक्तले पत्नीको हत्या जंगलमा गरेको बताए पनि शव भने फेला पर्न नसकेको प्रनाउ कट्टेलले बताए ।

No comments: