Wednesday, August 27, 2014

बर्दिया पदनदहका बाढी पीडितलाई नगद राहत


११ भदौ, काठमाडौं ।

 विभिन्न सहयोगी हातहरु र संघ संस्थाहरुबाट बर्दिया जिल्लाका बाढी पीडितहरुका लागि बुधबार ४ लाख १७ हजार ८ सय ६१ रुपैयाँ नगद सहित जिन्सी समाग्री हस्तान्तरण गरिएको छ । साउनको अन्तिम साता गएको बाढीले पीडित बर्दिया पदनहा वडा न ७ र ८ का वासिन्दाका लागि संकलन गरिएको सो रकमस्थानीयवासी नारायण पौडेललाई हस्तान्तर गरिएको हो । अमेरिका बस्ने माला महत र कृष्ण लामिछानेको अगुवाईमा १ लाख ६० हजार ३ सय ५६ रुपैयाँ , ललितपुका वैदेशिक रोगार व्यवसायीहरुबाट १ लाख ३५ हजार, लायन्स क्लव अफ मिर्मिरे काठमाण्डौ, काठमाण्डौ हार्डव्येर सामाखुशी, शिखा हार्डवयेरका तर्फबाट सामुहीक रुपमा १ लाख २ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । यसै गरी राष्ट्रिय फोटो पत्रकार समूह र ‘केही गरौ न अभियान’ले न्यूरोडबाट संकलन गरेको ४ बोरा नयाँ कपडा समेत हस्तान्तरण गरिएको छ ।

No comments: