Wednesday, August 27, 2014

सर्वोच्चले राप्रपा अध्यक्ष राणालाई काम गर्न रोक लगाउन मानेन


११ भदौ, काठमाडौं ।

 सर्वोच्च अदालतले राप्रपा अध्यक्ष पशुपति शम्शेर राणालाई पार्टीको काम गर्न रोक लगाउन अन्तरिम आदेश दिन मानेन । लोकेन्द्रबहादुर चन्दले जबरा अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, न्यायाधीश रामकुमार प्रसाद साहको इजलासले रिट निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन नपर्ने बताएको छ । सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको चन्दको पक्षबाट बहस गरेका अधिवक्ता बालकृष्ण न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए । चन्दले आफूलाई अध्यक्ष कायम गर्न माग गर्दै गत साउन २२ मा सर्वोच्चमा रिट दायर गरेका थिए । महाधिवेशनमा भएको सहमति अनुसार एक वर्षपछि आफू अध्यक्ष भएको चन्दको दावी छ । तर, चन्दले आफूलाई अध्यक्ष घोषणा गरेपछि बहुमत केन्द्रीय समितिले पशुपतिशम्शेरलाई अध्यक्ष बनाएको छ । निर्वाचन आयोगले समेत उक्त निर्णयलाई सदर गरेपछि चन्द अदालत गएका थिए ।

No comments: