पुरानो ग्याजेटलाई प्रयोगमा ल्याउने काइदा
भदौ १२
चलाउन पनि चित्त नबुझ्ने फ्याँक्न पनि मन नलाग्ने । चाहे मोबाइल होस् वा कम्प्युटर वा अन्य ग्याजेट, पुरानो भएपनि सबैलाई यहीँ कुराले विलखबन्दमा पार्छ ।
प्रविधि झनपछि झन् राम्रो हुँदै जाँदा हामी आकर्षक विज्ञापनतर्फ लोभिन्छौँ र त्यसले हामीलाई औकात हेरिकन नयाँ तथा अत्याधुनिक प्रविधियुक्त ग्याजेट किन्न बाध्य बनाउँछ ।
बजारमा आएका नयाँ-नयाँ ग्याजेट किन्दै, फेर्दै जाँदा घरमा धुलोले छोपिएको पुराना ग्याजेटको थुप्रो ठडिनसक्छ । चलाउँदा राम्रै काम दिने पुराना ग्याजेट रद्धीको भाउमा बेच्न समेत मन लाग्दैन । घरमै थुपारिराखेर के गर्नु ? त्यसैले त्यस्ता पूराना ग्याजेटलाई पुनः प्रयोग गरेर तह लगाउन सकिन्छ, चित्त बुझ्दो गरि । त्यसका लागि निम्न उपाय कामयावी हुन सक्छन्ः-
पूरानो ल्यापटप- कहिलेकाहीँ नयाँ मोडलको ल्यापटप किनेका कारण पूरानो चल्दाचल्दै पनि ल्यापटप थन्किएको हुनसक्छ भने कहिलेकाहीँ केही चिज बिगि्रएर वा टुटेफुटेका कारण । थन्किएका ल्यापटप मध्ये कतिपयको स्क्रिन फुटेको हुन्छ । स्क्रिन बाट टुटेका तर, अरु चिज सद्दे रहेका त्यस्ता ल्यापटपलाई टेलिभिजनमा जोडेर मज्जाले इन्टरनेट चलाउन वा कम्प्युटरमा गरिने अन्य कामकाज वा फिल्म वा भिडियो समेत हेर्न सकिन्छ ।
हार्ड ड्राइभ टुटेफुटेका, ब्याट्री बिगि्रएका वा र्याम खराब भएका ल्यापटपलाई समेत केही रकम खर्च गरेर बिगि्रएको सामान फेरेमा पुनः प्रयोग गर्न सकिन्छ वा त्यसलाई फोटोफ्रेम वा डिस्प्लेको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
पूरानो स्मार्टफोनः-
तपाइँले चलाउने नयाँ स्मार्टफोन हुँदा पूरानो एन्ड्रोइड स्मार्टफोन घरमै बेकामी भएर थन्किएको छ भने अब त्यसलाई काममा लगाउने बेला भएको छ । तपाइँले पूरानो स्मार्टफोनलाई वायरलेस म्युजिक स्टि्रमर वा वायरलेस टच माउसमा परिणत गर्न सक्नुहुन्छ । यसलाई गेमिङ वा जिपिएसको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
पूरानो एम्प्लिफायरः-
पूरानो भ्याकुम ट्युब एम्प्लिफायरलाई पूरानो ल्यापटपमा प्रयोग गर्न सकिन्छ । जसबाट तपाइँले ठूलो आवाजमा ल्यापटपमा श्रव्यदृश्य सामाग्री हेर्न र सुन्न सक्नुहुन्छ ।
पूरानो पर्सनल कम्प्युटरः- पूरानो पिसीको क्याबिनेटहरुमा थप हार्ड डिस्क ड्राइभ जोड्नुहोस् र त्यसलाई हार्ड डिस्क ड्राइभको घर बनाउनुहोस् । यसरी तपाइँले पूरानो कम्प्युटरमा आफ्ना धेरै डाटा संचित गर्न सक्नुहुन्छ ।
पूरानो मनिटरः-
सिआरटी मनिटर होस वा एल सी डी मनिटर होस् त्यसमा टीभी ट्युनर बक्स (टिभि कार्ड) जोड्ने हो भने त्यसलाई टेलिभिजनको रुपमा प्रयोग गर्न सकिन्छ । साथै एल सी डी मोनिटरलाई ट्याबलेट तथा स्मार्टफोनका सामाग्री हेर्नको लागि डिस्प्लेको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
पूरानो ट्याबलेटः-
स्मार्टफोनमा जस्तै पूरानो ट्याबलेटलाई पनि तपाइँले विभिन्न ढंगले प्रयोगमा ल्याउन सक्नुहुन्छ । यसमा तपाइँले विभिन्न खाले उपयोगी एपहरु डाउनलोड गर्न सक्नुहुन्छ, जस्तै टाइमर, फोटो स्लाइड सो, टू डू लिस्ट, ड्रइङ आदि । यदि ट्याबलेट बढि पूरानो भएर स्लो भैसकेको छ भने यसलाई फोटो प|mेमको रुपमा समेत प्रयोग गर्न सक्नुहुन्छ ।
No comments:
Post a Comment