Thursday, August 28, 2014

सुनकोशी पहिरो पिडितका लागि कतारबाट आर्थिक सहयोग

28 August

तिलविक्रम थेवे/कतार :- नेपाल प्रवासी तामाङ्ग समाज कतारको विशेष अगुवाइमा युवा सामाजिक अभियन्ता किशोर सुनुवारको संयोजकत्वमा संचालन भएको “सुनकोशी बाढी, पहिरो पिडित सहयोग अभियान” अन्तर्गत १४,६४६ कतारी रियाल अर्थात् रु. ३,८८,७०४ संकलित रकम सुनकोशी बाढी, पहिरो पिडितलाइ पठाइएको जनाएको छ ।
सो रकम नेपालमा विदामा रहेका नेपाल प्रवासी तामाङ्ग समाज कतारको महासचिब दिल दोर्जे लामाको नाममा पिडितहरुलाई प्रदान गर्न पठाइएको हो । सिन्धुपाल्चोकस्थित सम्बन्धित राहत कोषमा पत्रकार एवं समाजसेवीको रोहवर र उपस्थितिमा सो रकम हन्तान्तरण गरिनेछ । कतारमा बाट पठाइएको रकम राहतकोषमा प्रदान गरिने भएको छ ।
नेपाल प्रवासी तामाङ्ग समाज कतारका अध्यक्ष माइला तामाङ्गले यस सहयोग अभियानमा कोषाध्यक्षको भार लिएका थिए भने विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुपनि अभियानको समितिमा रहेर महत्वपुर्ण भुमिका निभाएका थिए । प्राप्त जानकारी अनुसार यस अभियानमा रकम संकलन गर्ने हेतुले सहयोग अभियानका संयोजक रहेका किशोर सुनुवार र कोषाध्यक्ष रहेका माइला तामाङ्गको अगुवाईमा, नेपाल प्रवासी तामाङ्ग समाज कतारको सक्रियतामा क.रि.४,२३९, प्रवासी सांगीतिक परिवार कतारका प्रथम उपाध्यक्ष इमानजंग बानिया, र महासचिव राजेन्द्र थापाको सक्रियतामा क.रि.४,१९७ र सुनुवार सेवा समाज कतारका का.वा.अध्यक्ष नरबहादुर सुनुवारको सक्रियतामा क.रि.१,४२३ रकम सहयोग उठेको थियो |
त्यस्तै, पौरखी भुजेल समाजका ज्ञानेन्द्र खवासको सक्रियतामा क.रि.३४५, संघिय लिम्बुवान पार्टी प्रवास समितिको सक्रियतामा क.रि.१०१, अन्तर्राष्ट्रिय कलाकार मंच शाखा कतारबाट क.रि.१०१, सन्देश तामाङ्गको सक्रियतामा क.रि.१,६१३, होटल ला सिगेलमा कार्यरत् नेपाल प्रवासी तामाङ्ग समाज कतारकोे केन्द्रिय सदस्य इन्द्र कुमार तामाङ्गको सक्रियतामा क.रि.१,२१६, काजीमान राईको सक्रियतामा क.रि. ३८०, सन्तोष तामाङ्गको सक्रियतामा क.रि.३७२, कतार एभिसन सभिर्सेज स्पेशल ह्यान्डलिङ्ग समुहबाट क.रि.६०८, संकलन गरिएको थाहा भएको छ ।
यसैगरीे डेनमार्कमा रहने नेपाली चेलीबाट रु.५,००० नेपाल प्रबासी मगर संघ कतारबाट रु.१३,३०० संन्ध्या ग्रुप कतार, फेम्ली फुड सेन्टर अल ब्रान्च दोहा कतारबाट समेत यही सहयोग अभियान अन्तर्गत थप सहयोग हुदा जम्मा ४ लाख ६८ हजार ६ शय १७ रुपैया संकलन भएको हो ।
सहयोग अभियान बन्द गरिएको जानकारी दिदै यस सहयोग अभियानमा साथ दिएर सुनकोशी पहिरो बाढी पिडितहरुलाई सहयोग पुर्याउन आआफ्नो क्षेत्रबाट महत्पुर्ण योगदान दिएका कतारमा रहेका सम्पुर्ण समाजिक सेवामा समर्पित दाजुभाई दिदीबहिनीहरु, देशी विदेशी मित्रहरु, तथा पत्रकार मित्रहरुलाई सहयोग अभियान टिमका तर्फबाट किशोर सुनुवार र नेपाल प्रवासी तामाङ्ग समाज कतारका अध्यक्ष माइला तामाङ्गले हार्दिक धन्यबाद दिए ।
यस “सुनकोशी बाढी, पहिरो पिडित सहयोग अभियान”मा सामाजिक सेवामा सक्रिय रहेका किशोर सुनुवार, नेपाल प्रवासी तामाङ्ग समाज कतारका अध्यक्ष माइला तामाङ्ग, प्रवासी सांगीतिक परिवार कतारका प्रथम उपाध्यक्ष इमानजंग बानिया, महासचिव राजेन्द्र थापा, सन्देश तामाङ्ग, राजकुमार डिम्डुङ्ग, सरद कुमार कार्की लगायतको उदाहरणीय भुमिका रहेको थियो ।

No comments: