फेसबुकमा मोदीले भने :जापानसंगको सम्बन्ध उच्च स्तरको हुनेछ
28 August
 |
| GhatnaRaBichar.Com |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आसन्न जापान भ्रमण पछी जापान भारत सम्बन्धमा नयाँ अध्याय शुरु हुने बताएका छन |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही अगष्ट ३१ मा जापान आउदै छन । उनले जापान भ्रमणको पूर्ब संध्यामा आफ्नो ट्विटर र फेसबुक मार्फ़त जापान भ्रमण गर्न निकै उत्सुक रहेको बताएका छन ।
जापान भ्रमण र जापान भारत सम्बन्धका बारेमा लगातार ट्विट गरेका मोदिले बिहीबार जापनिज भाषामा स्टाटस पोस्ट गर्दै जापान संगको सम्बन्ध उच्च स्तरको हुने र बिभिन्न्न क्षेत्रमा सहयोग आदान प्रदान गर्ने ढोका खुल्ने बताएका छन ।
उनले भनेका छन : “म जापान भ्रमणमा रहेका बेला टोकियो शहर र क्योटोमा रहनेछु र त्यहा रहेका विद्यार्थी, राजनीतिक नेताहरू, र व्यापार अधिकारी, जापानीज जनताहरु संग अन्तर्क्रिया गर्नेछु ।”
जापानमा बसोबास गर्ने भारतीय नागरिकको संख्या पनी जापानमाँ उल्लेख्य मात्रामा रहेको छ । केही समय अघि नेपाल भ्रमण गरेका मोदीले नेपाली जनताको मन जित्न सफल भए जस्तै भारतीय जनताको मन जित्छन जित्दैनन त्यों भने हेर्न बांकी छ |
No comments:
Post a Comment