घूस लिंदालिंदै नायब सुब्बा पक्राउ
28 August
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हातहतियार तथा खरखजाना मुद्दाका एक आरोपितसँग घुस लिँँदै गरेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा छविराम काफ्लेलाई पक्राउ गरेको छ ।
हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका सुविन ठकुराठीसँग रु ३० हजार घुस लिँदालिँदै काफ्ले थलोमै पक्राउ परेका हुन् ।
प्रशासन कार्यलय मुद्दा फाँटमा कार्यरत काफ्लेले विचाराधीन मुद्दाका आरोपितसँग लिएको घुस कार्यकक्षकै दराजमा राखेका थिए । आयोगको टोलीले उनलाई घुस लिएको रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।
पक्राउ परेका काफ्लेलाई प्रचलित कानुन अनुसार कारबाही हुने आयोगले जनाएको छ । प्रशासन कार्यालयमा अनियमितता हुने गरेको भन्ने गुनासो आउन थालेपछि आयोगले विगत केही दिनदेखि सूक्ष्म अनुसन्धान गर्दै आएको थियो ।
No comments:
Post a Comment