“वन डिरेक्सन कहिले पनि टुट्दैन”- निअल होरान
28 August
पछिल्लो समय चर्चामा रहेको हलिवुडको चर्चित ब्याण्ड वन डिरेक्सन टुक्रिने कुरालाई यसै ब्यान्डका एक सदस्य निअल होरानले गलत रहेको अभिव्यक्ति दिएका छन् | सन् २०११ मा “व्हाट मेक्स यु बिउटिफुल”मार्फत व्यवसायिक गायनमा लागेको यस ब्यान्डका सदस्यहरु बीच हाल केहि मनमुटाव भएको हल्लासंगै आएको यो हल्लाको प्रतिकार गर्दै उनले आफुहरु कहिले पनि नछुट्टिने बताएका हुन् |
हलिवुडकै एक प्रथिस्थित व्यक्तित्वको रुपमा चिनिएका साइमोन कोवेलले उनीहरुबीचको सम्बन्धलाई निहालेर लगाएको उक्त अड्कलको प्रतिकार गर्दै निअलले इरिश सन नामक म्यागाजिनसँग आफुहरु छुट्टिने बारे कोवेलले गलत हल्ला सुनेको हुनसक्ने बताउदै आफुहरु अझै जति सक्दो लामो समय सम्म संगै काम गर्ने बताए |
यस बारे अगाडी बोल्दै उनले भने,”म अहिले ब्यान्डमा खुसि छु | मलाई लाग्छ हालसम्म हामी मध्ये कोहि पनि एक अर्का सँग दुखि भएको छैन र सायद हुने पनि छैन | म यो कुराको हल्ला सुन्न त के ? यसबारे सोच्न पनि चाहन्न | मलाई ब्यान्डका सबैले माया गर्छन र म पनि सबैलाई माया गर्छु | एक साथ यस ब्यान्डमा काम गर्न पाउदा म मात्र होइन हामी सबै खुशी छौ |”
साथै उनले अब आफुहरुले सार्वजनिक गर्न लागेको एल्बमको बारेमा बोल्दै यसै वर्षको अन्त्यमा उक्त एल्बम सार्वजनिक गर्ने जानकारी समेत दिए | ब्यान्डका सबै भन्दा प्यारा सदस्यको रुपमा चिनिएका निअलको यस प्रकारको अभिव्यक्तिबाट वन डिरेक्सनक सबै सदस्यहरु खुसि भएका थिए |
No comments:
Post a Comment