फेसबुकद्वारा पुनम पाण्डेको अकाउन्ट डिएक्टिभेट
28 August
फेसबुकले सोशल मिडिया कुइन मानिएकी भारतीय मोडेल पुनम पाण्डेको अकाउन्टलाई डिलेट गरेको छ | पिज्जा खादा देखि सुत्ने समयमा बेडरुमसम्मको फोटोहरु फेसबुकमा पोस्ट गर्ने पुनम पाण्डेलाई यो ठुलो झट्का हुन सक्ने बताइएको छ |
बिस लाख भन्दा बढिले फलो गरेको पुनम पाण्डेको फेसबुक अकाउन्ट डिलेट भएको कुरा स्वयम् पुनमले नै ट्वीटर मार्फत आफ्ना फ्यानहरुलाई जानकारी दिएकी थिइन् | उनले आफ्नो ट्वीटर मार्फत यस्तो भनेकी थिइन्,”मेरो आधिकारीक फेसबुक पेज डिएक्टिभेट भएको छ, त्यसमा मेरो २१ लाख फलोवरहरु हुनुहुन्थ्यो । मेरो ट्विटरका साथीहरु कसैले मलाई भन्न सक्नु हुन्छ, मैले आफ्नो फेसबुक अकाउन्ट अब कसरी फिर्ता पाउन सक्छु ?”
कुनै गम्भीर कारण नभई कसैको अकाउन्ट डिलेट नगर्ने फेसबुकले पुनमको अकाउन्ट डिलेट गरेकोमा पुनम तनाबमा छिन् | सोसल नेटवर्किङ साइटमा अश्लिल तस्बिरहरु पोष्ट गरेर आफ्नो पब्लिसिटी गर्ने पुनमको अकाउन्ट डिलेट हुँदा पुनमलाई मात्र नभई उनका फ्यानहरुलाई समेत झट्का लागेको छ | फेसबुकबाट अकाउन्ट डिलेट गरिएकी पुनमको अकाउन्ट ट्विटर र इन्स्टाग्रामबाट पनि डिलेट भयो भने उनको हालत कस्तो होला ? हेर्नुपर्ने हुन्छ |
No comments:
Post a Comment