Wednesday, August 27, 2014

सुपारीसम्बन्धी मापदण्ड लागू गर्नुपर्ने

27 August 2014 00:41 


supariनेपालमा उत्पादन भएको सुपारी विदेशमा निर्यात गर्न सरकारले पास गरेको कार्यविधि–२०६८ को मापदण्डभित्र परेका कृषकहरूका प्रतिनिधिमूलक संस्थाहरूलाई व्यवस्थापन गरी निर्यातसम्बन्धी अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गरिएको छ ।सुपारी खेती विकास संस्था कृषि विकास सङ्घ नेपाल, झापा, अनारमणि फलफूल तथा सुपारी खेती विकास संस्था, झापा र पूर्वाञ्चल फलफुल तथा खेती प्रर्वद्धन, मोरङले आज यहाँ पत्रकारसम्मेलन गरी सो माग गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासङ्घले सुपारी निर्यात गर्दा एकाधिकार कायम गर्दै गएको भन्दै झापा र मोरङलगायतका जिल्लाका सुपारी किसानहरूले यही भदौ १५ गतेभित्र तत्काल निर्णय नसच्याएमा १६ गतेदेखि आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन् ।सुपारी खेती विकास संस्था कृषि विकास सङ्घ नेपालका अध्यक्ष विष्णु सिवाकोटीले नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व पक्ष सुपारी तस्करीमा सङ्लग्न भएको आरोप लगाउनुभयो । ती सङ्घ सङ्गठनले महासङ्घले सुपारीसम्बन्धी कार्यविधि २०६८ विपरीत काम गरिरहेको भन्दै तत्काल बन्द गर्न आग्रह गर्नुभयो । सुपारीसम्बन्धी मापदण्ड लागू गर्नुपर्ने, किसानलाई साक्षी राखेर निर्णय गर्नुपर्ने, एकाधिकार हटाउनुपर्नेलगायतका सातबुँदे माग राखिएको छ ।

No comments: