Monday, September 1, 2014

लिग वानमा जाल्टन इब्राहिमोभिचको ह्याट्रिक

September 1 काठमाडौं ।
Zlatan Ibrahimovic
 पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर जाल्टन इब्राहिमोभिचले फ्रान्सको लिग वानमा सिजनको पहिलो ह्याट्रिक गरेका छन् ।
इब्राहिमोभिचको ह्याट्रिकको मदतमा पीएसजीले आइतबार राति भएको खेलमा सेन्ट एटियानलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
पेरिसमा भएको खेलमा पीएसजीले उपहार गोलबाट अग्रता लिएको थियो । ४१ औं मिनेटमा इब्राहिमोभिचले म्याक्सवेलको पासमा गोलको खाता खोले ।
दोस्रो हाफको ६२ औं मिनेटमा इब्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गरे । लगतै म्याक्सवेलको पासमा काभानीले गोल गर्दै पीएसजीलाई ४–० को अग्रता दिलाए ।
Zlatan Ibrahimovic 1
खेलको ७२ औं मिनेटमा इब्राहिमोभिचले सिजनको पहिलो ह्याट्रिक पूरा गरे ।
स्वीडेनका इब्राहिमोभिच सिजनको सुरुमै चोटबाट पीडित भएपछि डिफेण्डिङ च्याम्पियन पीएसजीले सुरुका तीन खेलमा ५ अंक मात्र बटुलेको थियो ।

No comments: