Tuesday, September 9, 2014

मंगलबारका छापामा मुख्य खबर

September 9
राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्री सुशील कोइरालाले नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई गम्भीर आरोप लगाएको, आपसमा भनाभन नै भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
 नयाँ पत्रिकाले
  एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले सहमति तोडेको आरोप लगाएको, श्रीमानको शव आएपछि श्रीमतिले आत्महत्या गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
  
अन्नपूर्ण पोस्टले
माओवादीमा प्रचण्ड र बैद्य एकातिर तथा बाबुराम र नेत्रविक्रम अर्कोतिर रहेको, भित्रैबाट आफू विरुद्ध षडयन्त्र भएको प्रधानमन्त्रीको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  2

राजधानी दैनिकले
सिन्धुपाल्चोकका बाढीपीडितहरुले अब ढुक्कले निदाउन पाउने भइयो भनेको, संविधान निर्माण कार्यतालिका दलहरुको दाउपेजमा रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  3

नागरिक दैनिकले
मजदुरमा माओवादी मोह हटेको, टीनएजरहरु दुव्र्यसनको दलदलमा फसेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
 4
नेपाल समाचारपत्रले
 प्रहरी नियमावली पीडित मारा भएको, कांग्रेसले अडान नछाड्ने खबरलाई प्राथमिकताकासाथ छापेको छ ।5

No comments: