September 5
काठमाडौं । राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीले आफ्नो पक्षमा देशव्यापी जनलहर आएपछि नेतृत्वले स्पष्टीकरण सोधेको बताएका छन् ।
PSLawoti_photo
आफूले चलाएको सुदृढिकरण अभियान पार्टीको हितको पक्षमै हरेकेा समेत उनले बताएका छन् । राप्रपा नेपालले शुक्रबार अनुशासन विपरित काम गरेको भन्दै लावतीलाई तीन दिनभित्र स्पष्टिकरण दिन भनेको थियो । लावतीले शनिबार विज्ञप्ति जारी गर्दै आफूलाई सोधिएको स्पष्टीकरण हतास मानसिकताको उपज मात्र भएको बताएका छन् ।
पार्टीलाई विभाजन गर्ने कि एक ढिक्का राख्ने भन्ने जिम्मेवारी पार्टी अध्यक्षकै भएको भन्दै उनले पार्टी एकताका लागि उदारता, सुझबुझपूर्ण आचरण र समझदारी आवश्यक रहेको बताए ।
‘राजनीतिक निकासलाई थाँती राखेर, कसैले व्यक्तिगत स्वार्थसिद्ध गर्न लगाउँदै आएको तथाकथित लाञ्छना र आरोपहरु निराधार छन्’
लावतीले चेतावनीपूर्ण भाषामा भनेका छन्-’पार्टी नेतृत्वबाट हुने गरेको विधानको आफूखुशी व्याख्या, प्रयोग र अधिकारको दुरुपयोगले पार्टीमा विभाजन निम्त्याउछ ।’
स्पष्टीकरणलाई तथाकथित भन्दै उनले असोज ३ र ४ गते आहृवान गरिएको राष्ट्रिय सम्मेलन नरोकिने बताएका छन् ।

No comments:
Post a Comment