Saturday, September 6, 2014

अनलाइनखबरकर्मी सम्मानीत

September 5
नेपाल चलचित्र कलाकार संघले आफ्नो १३ औं बाषिर्क साधारण सभाको अवसरमा विभिन्न कलाकर्मी र पत्रकारलाई सम्मान गरेको छ । सो अवसरमा अनलाइनखबरकर्मी विजय सुवेदी’आवाज’लाई सम्मानीत गरिएको छ ।

विगत एक दशकदेखि रंग पत्रकारीतामा सक्रिय आवाजले ३ बर्षदेखि अनलाइखबर डटकमका माध्यमबाट नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धनमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरिएको चलचित्र कलाकार संघले जनाएको छ । उनलाई ‘नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७१’ बाट उपराष्ट्रपति परमानन्द झाले सम्मानपत्रका साथ सम्मानीत गरेका हुन् ।

यस्तै, साधारण सभाका अवसरमा ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार’बाट निर्देशक तथा कलाकार रमेश वुढाथोकीलाई ५६ हजार नगदसहित पुरस्कृत गरिएको छ । ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार’बाट कलाकार भीम बहादुर थापालाई नगद २१ हजारसहित पुरस्कृत गरियो ।

‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान’बाट समिक्षक डाक्टर प्रदिप भट्टराई र प्रतापचन्द्र तामाङलाई सम्मानीत गरिएको छ । यस्तै ‘नेपाल चलचित्र पत्रकारिता सम्मान’बाट विजय सुवेदी ‘आवाज’सँगै सानुकाजी श्रेष्ठलाई पनि सम्मानीत गरियो । नायिका रिमा विश्वकर्मालाई ‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान’बाट सम्मानीत गरिएको छ ।

‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’बाट सानु ताम्राकार, विजय देउजा र रवि गिरीलाई सम्मानीत गरिएको छ । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले सम्मानीत हुने सवै कलाकार र पत्रकारलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उपराष्ट्रपति परमानन्द झाले नेपाल चलचित्र कलाकार संघले समग्र चलचित्र उद्योगको विकासको लागि उल्लेखनिय योगदान पुर्‍याउँन सकोस् भन्दै शुभकामना दिएका छन् ।

 कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले कलाकारहरुको देश निर्माणमा ठूलो भूमिका रहने भन्दै नाम मात्र आएपनि कलाकारहरु बागमती सफाइमा नआएकोमा गुनासो व्यक्त गरे । अध्यक्ष नबल खड्काले कलाकार संघले गरेको बर्षभरीको कामको जानकारी गराएका थिए । महासचिव रामकेशर बोगटीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले साधारण सभा सफलताको शुभकामना समेत दिए ।

No comments: