Friday, September 12, 2014

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

September 12
गौतम श्रेष्ठ २७ भदौ, रौतहट । आफ्नै विद्यालयको एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरुले शिक्षकलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा यमुनामाई उच्च माध्यमिक विद्यालय झुन्खुन्वाका विज्ञान विषयका शिक्षक जय चन्द्र यादव पक्राउ परेका हुन् ।
ट्युशन पढ्न गएको समयमा सपनामा यस्तो भयो भन्दै जबरजस्ती गर्न खोजेको पीडित छात्राले बताइन् । ‘बिहान ट्युसन पठन गएकी छात्रालाई सपनामा हामी बिच धेरै कुरा भयो भन्दै शिक्षक यादवले जबरजस्ती गर्न खोजेपछि उनी रुदै घर आइन्’ स्थानिय प्रकाश यादवले भने ।

लगतै स्थानीयबासी शिक्षकलाई कारबाहीको माग गरेका थिए भने विद्यार्थीहरुले शिक्षक यादवलाई नियन्त्रणमा लिएर कुटपीट गरेका छन् । शिक्षकलाई कारवाहीको माग गर्दै स्थानीयबासीले केहीबेर गौर चन्द्रनिगाहपुर सडक खण्डको झुन्खुन्वामा यातायात अवरुद्ध पारेरु विरोध प्रर्दशन गरेका छन् ।
शिक्षक यादवले पटक-पटक छात्राहरुलाई दुर्वव्यहार गरेको स्थानीयको आरोप छ ।

के भन्छन् आरोपीत शिक्षक ? प्रहरी नियन्त्रणमा रहेका शिक्षक यादवले आफूले कुनै गलत काम नगरेको बताएका छन् । सपनामा छात्रालाई बाहिर घुमेको देखेको र सोही कुरा बताउँदा अभिभावक र विद्यार्थीले आफूलाई कुटेको उनले बताए । पक्राउ परेका शिक्षकबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक भिमप्रसाद ढकालले बताए ।

No comments: