Friday, September 12, 2014

स्टाण्डर्ड चाटर्ड बैंकलाई ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’को उपाधि

September 12
काठमाण्डौ । स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’को उपाधि हात पारेको छ । न्यू बिजनेस एजले बिहीबार काठमाण्डौमा आयोजना गरेको बिजनेस कन्क्लेभ तथा अवार्ड कार्यक्रममा स्टाण्डर्ड चाटर्डलाई सो अवार्ड प्रदान गरिएको हो ।
Best-manage-Bank-of-year
 अवार्ड ग्रहण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले आभार र खुसी प्रकट गरे । उनले आगामी दिनमा पनि राष्ट्र निर्माणमा लागिरहेका उद्यमीहरुको बिजनेस साझेदार बनिरहने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा अन्य बिभिन्न बिधामा अवार्ड प्रदान गरिएको थियो ।

 स्टाण्डर्ड चाटर्ड नेपालले यही बर्ष थप दुई अवार्डसमेत हात पारिसकेको छ । ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०१४ को बेष्ट इमर्जिङ मार्केट ब्याङ्क र बेष्ट कन्जुमर इन्टरनेट बैंकको उपाधि स्टाण्डर्ड चाटर्डलाई प्रदान गरेको थियो ।

No comments: