September 8
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले दैबी प्रकोप पीडितहरुलाई ६ लाख रुपैयाँ सहयोग गरेको छ । पाटाले आइतबार राजधानीमा एक कार्यक्रम गरी उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप राहत कोषलाई हस्तान्तरण गरेको हो ।

पाटा इन्टरनेशनलका नवनियूक्त कोषाध्यक्ष तथा सचिव बसन्त मिश्रले पर्यटन मन्त्री भीमप्रसाद आचार्यलाई रकम हस्तान्तरण गरे । संस्थाले उपलब्ध गराएको राहत रकमले पीडितहरुलाई थोरै भएपनि मलम पट्टी लगाउन सहयोग पुर्याउने विश्वास पाण्डेले गरेका छन् ।
पाटा अन्तर्राष्ट्रियले ३ हजार डलर उपलब्ध गराएको थियो भने बाँकी पाटा नेपाल च्याप्टरका सदस्यहरुले उठाएका थिए । व्यवसायीक सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले उक्त रकम पीडितहरुलाई उपलब्ध गराएको हो । पाटा नेपाल च्याप्टरले मुलुकको पर्यटन प्रवर्द्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै अध्यक्ष पाण्डेले भोलीका दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
पाटाले नेपाललाई हिमालयको देश भनेर चिनाउन सरकारको अगुवाईमा हिमालय ट्राभल मार्टको आयोजना गर्न खोजेको भएपनि पर्यटन बोर्डको असहयोगका कारण सफल हुन नसकेको पाण्डेले गुनासो गरे । सोही अवसरमा नवनियूक्त पाटा अन्तर्राष्ट्रियका कोषाध्यक्ष तथा सचिव मिश्रलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबैले उनलाई बधाई तथा सुभकामना प्रदान गरेका थिए । नेपालीहरु भत्काउन सिपालु भएको बताउँदै पर्यटन मन्त्री आचार्यले बनाउन भने नजानेको आरोप लगाए । वितेका वर्षहरुमा पर्यटन क्षेत्रले गति लिन नसकेको ठोकुवा गर्दै पर्यटन विकासमा आफु लागिपर्ने दाबी गरे ।
पर्यटन बोर्डमा देखिएको समस्या समधान गर्नका लागि पनि आफुले पहल गर्ने उनले बताएका छन् । व्यवसायीहरुले पनि मन्त्री आचार्यलाई बोर्डको समस्या तत्काल समधान गरेर पर्यटन विकासमा लाग्न आग्रह गरेका थिए । पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन क्षेत्र व्यवसायीको मात्र नभई मुलुककै अर्थतन्त्रको धरोहर रहेको बताए ।
पछिल्लो समय पर्यटन विश्वभर तुलनात्मक लाभ भएको क्षेत्रका रुपमा प्रमाणित हुँदै गएपनि नेपालले त्यसको कुनै भेउ पाउन नसकेको ठोकुवा गरे । श्रेष्ठले विभिन्न देशले पर्यटनबाट मुलुकको आर्थिक उन्नती गरेको उदाहरणहरु प्रस्तुत गर्दै नेपालको आर्थिक समृद्धिका लागी एकमात्र आधार पर्यटन भएको बताए ।

No comments:
Post a Comment