Monday, September 8, 2014

अष्ट्रेलियामा वीपीको एकसय जन्मजयन्ती मनाइयो

September 8
जनसम्पर्क समिति अष्ट्रेलियाले सिड्नीको ओवन सकर क्लव ओवनमा कार्यक्रम गरी विश्वेश्वर प्रसाद कोइरालाको १०० औं जन्मजयन्ती भव्यरुपमा मनाएको छ । सम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनएसडब्लूका लागि नेपाली महावाणिज्यदूत दीपक खड्का प्रमुख अतिथि तथा विशेष अतिथिका रुपमा एनआरएनए आइसीसी प्याट्रन इन्द्रा वन (ओएम) थिए । bo-jayanti-in-australia
 अतिथिहरुमा एनआरएनए आइसीसी सचिव रञ्जु वाग्ले, प्रवक्ता मन केसी, यूवा उपसंयोजक कृष्ण गिरी, एनएडिएफका अध्यक्ष बालचन्द्र भट्टराई, नयाँका अध्यक्ष कोमलराज पाठक, निन्फा उपाध्यक्ष चित्र तुम्फावे, संघिय समाजका प्रतिनिधी उपेन्द्र श्रेष्ठ, एनआरसीका अध्यक्ष जवीन श्रेष्ठ, एक्काका अध्यक्ष विवेक थापा, जनसम्पर्क समिति अष्ट्रेलिया निर्वाचन समितिका संयोजक पुरुषोत्तम मिश्र, पत्रकार डिल्ली ढकाल लगायत संघ संस्थाका पदाधिकारी, समुदायका व्यक्तिहरु र अन्य स्टेटका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो ।

 संस्थाका महामन्त्री किरण बरालले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन संस्थाका पव्लिक अफिसर दीनेश राज पोखरेलले गरे । वीपीको तस्वीरमा मार्ल्यापण गर्दै शुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञात सहिदप्रति १ मिनेटको मौनधारण गरिएको थियो ।

आयोजकहरुले विपीको जीवनीमा आधारित विशेष वृत्तचित्र समेत प्रदर्शन गरेका छन् भने वीपीको आदर्श शिद्धान्त, राजनीति र साहित्यको बारेमा आफनो धारणा राख्दै उनका विचार आजपनि उत्तिकै सान्दर्भिक भएको बताए । अधिकांश वक्ताहरुले वीपीले देखाएको बाटोमा नेपाल हिड्न सके नेपालको मुहार फेरिनेमा जोड दिएका थिए ।

 कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गुरुङले दशैँ तिहार पछि तेश्रो अधिवेशन गर्ने वातावरण मिलाउन आफुले पहल गरिरहेको जानकारी दिए । चाँडै नै मिति तोकेर सबै स्टेटमा अधिवेशनको प्रक्रिया अघि बढाउनेछौँ-उनले भने ।

 जनसम्पर्क समितिले सुनकोशी पहिरो पिडितका लागि सहयोगार्थ संकलन गरेको रकम सोही दिनको कार्यक्रममा एनएडिएफका अध्यक्ष बाल चन्द्र भट्टराईलाई सम्बन्धित निकायमा दिनका लागि हस्तान्तरण गरेको थियो । एनएडिएफले यस अघिनै करिब ५५ सय डलर भन्दा बढि आर्थिक संकलन गरिसकेको छ ।

No comments: