Monday, September 8, 2014

एमाओवादीले जालसाजी गर्छ : नेपाल

September 8
मोरङ । नेकपा एमालेका नेता माधवकुमार नेपालले एनेकपा माओवादीका कारण संविधान निर्माण प्रक्रियामा ढिलाइ भएको बताएका छन् । संविधान निर्माणमा माओवादी संवेदनशील नबनेको उनको आरोप छ ।

 प्रेस चौतारी मोरङले सोमबार विराटनगरमा आयोजना गरेको जर्नादन मैनाली स्मृती पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेता नेपालले एमाओवादीले बढी जालसाजी गर्ने गरेको आरोप लगाए ।

 माघ ८ गतेको समयसीमा घर्कदै गएको भन्दै उनले एमाओवादीलाई इमान्दारिताका साथ संविधान निर्माणमा लाग्न आग्रह गरे । निर्धारित मितिमा विषयगत समितिमा सहमति नभए संविधानसभामा लगेर भएपनि विवादित विषय टुङ्ग्याउनु पर्ने नेता नेपालको भनाइ छ ।

 एमाले नेता नेपालले नेतृत्वले पार्टी एकलौटी ढंगले अघि बढेको आरोप लगाए । उनले भने-‘पार्टी पार्टीका रुपमा चलेको छैन, कुनै कमिटी छैन, स्थायी कमिटी, पोलिटब्युरो केही छैन ।’

No comments: