Saturday, September 20, 2014

दार्जीलिङका विमल गुरुङ काठमाडौं आउँदै भ्रमणको उद्देश्य पशुपतिनाथमा पूजा

September 20
काठमाडौ । दार्जीलिङस्थित गोरखा मुक्ति मोर्चाका अध्यक्ष एवं गोरखाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख विमल गुरुङ काठमाडौं आउने भएका छन् ।
Bimal-Gurung
गुरुङले सोमबार काठमाडौंमा पशुपतिको दर्शन गर्ने दार्जीलिङको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गुरुङले पशुपतिका नाममा भाकल गरेकाले सो पूरा गर्न नेपाल आउन लागेको सिलिगुढीबाट प्रकाशित हिमालय दर्पणले लेखेको छ ।
गुरुङका साथमा सभासद अनित थापा, रोशन गिरी र अरुण सिग्चीसमेत रहेको बताइएको छ । उनीहरु पैदाल मार्गबाट झापाको काँकडभिट्टा हुँदै काठमाडौं आउने बुझिएको छ ।

No comments: