September 20काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले २० दिन अस्पतालको बेडमा सिकिस्त भएर बस्नुभन्दा २० घण्टा जनताका साथमा बस्ने ईच्छा रहेको बताएका छन् ।
‘मेरा अगाडि अस्पताल अथवा आर्यघाट दुई विकल्पमात्रै थिए, मैले अस्पताल नै रोजें’ भावुक मुद्रामा ओलीले भने-‘म आगामी दिनमा जति राजनीतिलाई महत्व दिन्छु, त्यति नै अङ्ग प्रत्यारोपणका क्षेत्रमा काम गर्नेछु ।’आरोग्य फाउन्डेसनद्वारा शनिबार पुल्चोकमा आयोजित कार्यक्रममा ओलीले तत्कालीन अवस्थामा आफू नेपालमा उपचार असम्भव भएर नै भारत गएको बताए ।

केही दिनयता आफ्नो स्वास्थ्यमा देखिएको समस्याका कारण मृगौला नभएको उनले बताए । उनले भने-‘मैले मृगौला प्रत्यारोपण गरेको सात वर्ष भो, यसपछि खाइरहेका औषधिले कमजोर बनाएको होला ।’
एमाले अध्यक्ष ओलीले अंग प्रत्यारोपणलाई निःशुल्क बनाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा मुख्यसचिव लीलामणि पौडेलले सरकारी सेवापछि आफ्नो सामाजिक जीवन ‘अङ्ग दान, जीवन दान’ भन्ने जनचेतना कार्यक्रममा नै बढी बित्ने जानकारी दिए । उनले भने-‘मैले एक वर्ष अगाडि नै मृगौला दान गरिसकेको छु, अब मृगौला बैंक बनाउन आवश्यक पर्ने मस्तिष्क मृत्युसम्बन्धी मापदण्ड ल्याउने कार्यमा जुटिरहेको छु ।’
फाउन्डेसनका अध्यक्ष एवं गायिका आनी छोइङ डोल्माले आफ्नी आमाको स्मृतिमा फाउन्डेसन स्थापना गरी अङ्ग प्रत्यारोपणका क्षेत्रमा काम गरेको र छुट्टै अस्पताल स्थापना गर्न लागेको जानकारी दिइन् ।
No comments:
Post a Comment