September 8
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चेमा ४० दिनअघि गएको पहिरोले थुनेको सुनकोशी नदीको ताल फुट्दा अवरुद्द भएको अरनिको राजमार्ग सुचारू भएको छ । अरनिको राजमार्गको कोठेमा सडक भासिएएपछि पूर्व ओखलढुंगासम्म जाने यातायात ठप्प भएको भने कोदारी राजमार्गको अस्थायी ट्र्याक पनि बन्द भएको थियो।
सुनकोशी नदीको ताल खुलेपछि त्यसको तीब्र वहाव र ढुंगा तथा रुखहरु सहितको बाढीले अरनिको राजमार्गको विभिन्न स्थानमा सडक चर्किएको छ । अरनिको राजमार्गमा अहिले यात्रुहरूलार्इ झारेर बस चल्न दिइएको छ भने मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
राजमार्ग अवरुद्ध भएपछि राजधानीबाट सिन्धुपाल्चोक,दोलखा,रामेछाप, ओखलढुंगा लगातका स्थानमा हिडेका सयौ यात्रीहरु बिचबाटोमा नै अलपत्र परेका थिए । नदी खुलाउदा आफ्नो गाउमँ तानिने भन्दै स्थानीयले अवरोध सिर्जना गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
उता ताल फुटेपछि त्यसको असर बाह्रबिसेसम्म परेको छ । तालले पुरेको बाहेक करीव एक किलोमिटर सडक चिरा चिरा भएको स्थानीयले बताएका छन् । ताल खुलेपछि सुनकोशी किनाराका जग्गाहरु पनि कटान भइरहेका छन् भने निजी क्षेत्रले बनाएको र सेनाले बनाएको अस्थायी सडक पनि बग्न थालेको छ । ताल खुलेपछि तल्लो तटीय क्षेत्रका जग्गाहरु कटान हुने, सानातिना पहिरो जाने र सडक भासिने क्रम बढेको छ ।

No comments:
Post a Comment