September 3 काठमाडौं ।
समानुपातिक निर्वाचन प्रणालीले पैसावाल र परिवारलाई फाइदा भएको भन्दै आलोचना भइरहेका बेला संविधानसभाको एक समितिमा भने यहि कुरा उठ्दा होहल्ला भएको छ ।
सिंहदरवारस्थित संवैधानिक रानजीतिक सम्वाद तथा सहमति समितिको बैठकमा कांग्रेस सभासद अमरेशकुमार सिंहले समानुपातिक प्रणालीले श्रीमती ल्यायो भन्दा महिला सभासदहरुले नियमापत्ति गरेका छन् ।
सम्वाद समितिको बुधबार बसेको बैठकमा कांग्रेस सभासद सिंह आफूलाई समय नदिएको भन्दै सभापति डा. बाबुराम भट्टराईसँग रिसाएका थिए ।
समय पाएपछि सिंहले समानुपातिक निर्वाचन प्रणालीले विकृति ल्याएको बताए ।
बोल्ने क्रममा पटक-पटक समानुपातिकले श्रीमती ल्यायो भनेपछि एमाले उपाध्यक्ष विद्या भण्डारीले नियमापत्ति गरिन् । मानिसको विहे हुन्छ, श्रीमती हुन्छ, छोरा छोरी हुन्छन्, राजनीति गर्छन, समितिमा राजनीतिक भाषा बोल्नुपर्छ भन्दै उनले नियमापत्ति गरेकी हुन् ।
विद्यालाई सभासद डिम्पलकुमारी झा र सरिता यादवले पनि साथ दिए ।
झा संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाका श्रीमती हुन् भने यादव फोरम गाणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवकी श्रीमती । संविधानसभा निर्वाचनमा उनीहरुको पार्टीले समानुपातिकमा एक एक सिटमात्र पाएपछि झा र यादवले आफ्नै श्रीमतीलाई सभासद बनाएका थिए ।
उसो त माले महासचिव सीपी मैनालीले पनि पत्नी निलम केसी, सद्भावनाका अध्यक्ष राजेन्द्र महताले पत्नी शैलीकुमारी महतो र मसालका महामन्त्री मोहनविक्रम सिंहले पत्नी दुर्गा पौडेललाई सभासद बनाएका छन् ।
महिला सभासदहरुको नियमापत्तिपछि सभापति भट्टराईले राजनीतिक भाषा प्रयोग गर्न रुलिङ गरेका थिए ।
तर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छले श्रीमती शब्द कति पटक भन्न पाउने तोक्नुपर्यो भन्दै कटाक्ष गरेका थिए ।
समानुपातिक निर्वाचन प्रणालीले पैसावाल र परिवारलाई फाइदा भएको भन्दै आलोचना भइरहेका बेला संविधानसभाको एक समितिमा भने यहि कुरा उठ्दा होहल्ला भएको छ ।
No comments:
Post a Comment