September 3 वीरगन्ज ।
वीरगन्ज भन्सार कार्यालयको हाताभित्र रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा आगलागि भएको छ । बिहान २ बजे लागेको आगोलाई स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली र दमकलको सहयोगले नियन्त्रणमा लिइएको छ । आगलागीबाट २० करोडभन्दा बढीको क्षति भएको अनुमान रहेको छ । यद्यपी यसको यकिन विवरण आउन बाँकी रहेको छ । गोदाममा विभिन्न इलेक्ट्रोनिक्स तथा खाद्य सामग्री राखिएको नेशनल ट्रेडिङका प्रमुख रामकृष्ण उपाध्यायले जानकारी दिए । गोदाममा एजेन्टमार्फत सामान राखिने हुँदा के कति सामान थियो र क्षति कति भयो भन्नेबारे अहिलेनै भन्न नसकिने उपाध्यायले बताए । स्थानीय विजय भण्डारीका अनुसार बिहान २ बजे आगो लागेको र ट्रेडिङकै सुरक्षाकर्मीले आगो लागेपछि बाहिर खबर गरेपछि स्थानीय तथा सुरक्षाकर्मी आगो नियन्त्रणका लागि जुटेका थिए । गोदाममा दसैंलाई लक्षित गरी ल्याइएका एक्पोट र इनपोर्टका सामानहरु राखिएको थियो ।

No comments:
Post a Comment