Tuesday, September 16, 2014

‘मेरी बास्सै’बाट बाहिरिएपछि नयाँ सिरियल ल्याउँदै ‘तक्मे र माग्ने बुढा’ नयाँ सिरियलको छायांकन आजबाट सुरु

September 16
अन्ततः लामो समयदेखि चल्दै आएको सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’को शितयुद्ध सतहमा आएको छ । केही समयअघि पारिश्रमिक नपाएको भन्दै केदार घिमिरेले ‘मेरी बास्सै’को छायांकन रोकेका थिए । अब उनी यो चर्चित हाँस्य सिरियलमा नर्फकने पक्का भएको छ । उनले अर्का कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’सँग मिलेर नयाँ हाँस्य सिरियलको छायांकन सुरु गरेका छन् । ‘खास खुस-खास खुस’ नाम राखिएको यो सिरियलको छायांकन आजबाट धादिङमा सुरु भएको कलाकार विल्सन विक्रमले घटना र बिचारलाई जानकारी दिएका छन् । उनका अनुसार यो सिरियललाई नेपाल टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको छ ।

No comments: