Tuesday, September 9, 2014

अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान

September 9
काठमाडौं । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठलाई मेगा बैंक नेपाल लिमिटेडले सम्मान गरेको छ ।
Raveena-Deshraj-Shrestha-Award
बैंकका सिइओ अनिल केशरी शाहले मंगलबार बैंकको प्रधान कार्यालयमा एक समारोहका बीच उनलाई सम्मान गरेको हो । मेगा बैंककी प्रमुख व्यापार अधिकृत समेत रहेकी श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिइन ।

 मलेसियाको राजधानी क्वालालम्पुर क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा भदौ २१ गते भव्य समारोहबीच श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।

एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) लेे जनाएको छ ।

श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिन्छिन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् ।

 यसअघि पनि उनले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाइसकेकी छिन् । नेपाली महिलाले यो अवार्ड पाएको पहिलो हो । इम्प्लानेट नेपालले नेपालबाट श्रेष्ठको नाम मनोनयनका लागि पठाएको थियो ।

No comments: