September 9
काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा पहिरो निरीक्षण गर्न गएका उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम लडेर घाइते भएका छन् । पहिरो निरीक्षण गरेर फर्किने क्रममा गृहमन्त्री गौतम चिप्लिएर लडेका हुन् ।

‘चतारा छेउमा आवत जावतका लागि डाइभर्सन बनाएको थियो । छालाको जुत्ता चिप्लिएका कारण गृहमन्त्री लड्नुभयो’ एक प्रहरी अधिकारीले भने ।
उनलाई सुरक्षाकर्मीहरुले तत्काल उठाएर सिन्धु सदाबहार अस्पताल पुर्याएका थिए । गौतमको घुँडामा चोट लागेको छ । पाँच टाँका लगाइएको छ ।
उपचारपछि सुरक्षाकर्मीहरुले खाडीचौरबाट लगेको हाफफइन्ट लगाएर गौतम काठमाडौं फर्किएका छन् । पहिरोले सुनकोशी नदी थुनिएपछि बनेको ताल फुटेपछिको अवस्था हेर्न गृहमन्त्री गौतम गाडीमा गएका थिए । गृहमन्त्री पुगेपछि पहिरो पीडितहरुले आफ्ना गुनासो राख्ने घेरेका थिए ।
पीडितहरुसँगको भेटपछि उनी पहिरो निरीक्षणमा गएका थिए ।

No comments:
Post a Comment