Wednesday, September 17, 2014

सांसदले नै पाएनन, दसैंमा घर जाने टिकट

September 17
सभासदहरुले दसैंका घर जान बसको टिकट नपाएको बताएका छन् । व्यवस्थापिका संसदको विकास समितिमा मंगलबार उनीहरुले दसैंका लागि घरजाने टिकट सर्वसाधारण मात्र हैन आफूहरुले समेत नपाएको बताए । सभासद गुरु बुर्लाकोटीले लामो दुरी मात्र होइन छोटो दुरीका लागि पनि टिकट नपाएको भन्दै गुनासो गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
उनी धादिङका सभासद हुन् । यसैगरी भक्तबहादुर विश्वकर्माले घरजानका लागि टिकट मिलाईदिन मोवाइलमा ५०० सम्म म्यासेज आउने गरेका बताए ।
झापाका सभासद विश्वकर्माले समितिका सभापति रवीन्द्र अधिकारीलाई टिकट मिलाईदिन अनुरोध गरे । यसैगरी कल्पना सोवले पनि दसैंमा घर जाने व्यवस्था मिलाईनदिन सभापतिलाई अनुरोध गरिन ।

No comments: