September 17
चाडपर्वलाई लक्षित गर्दै सरकारले बुधबारदेखि उपत्यकासहित देशभरका ७१ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छ। सरकारले दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई यस पसलमार्फत छुट दिने घोषणा गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ चामल र नुनमा प्रतिकिलो दुई रुपैयाँ र चिनीमा पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ।
वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक सुवेदीका अनुसार नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेसनल ट्रेडिङ लिमिटेडले यस्तो पसल सञ्चालन गर्दै छ। साल्ट टेडिङले काठमाडौंको कोटेश्वर, टेकु, रामशाहपथ, बल्खु तरकारी बजार, सतुंगल, कालिमाटीका दुई स्थानमा, पाटनको विशालबजार र उद्योग वाणिज्य संघ भक्त पुर परिसरमा पसल सञ्चालन गर्न निर्देशन दिइएको छ।
यसैगरी खाद्य संस्थानलाई प्रधान कार्यालय टेकु, रामशाहपथ, जाउलाखेल चोक, बल्खु तरकारी बजार, कोटेश्वर र भक्त पुरमा सहुलियत पसल सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ। यस्ता पसलबाट एकजनाले एक बोरा चामल, ६ किलो चिनी र तीन प्याकेट नुन सुलभ दरमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
मन्त्रालयले नेसनल टे्रडिङ लिमिटेडलाई भने मेसिनरी र घरायसी सामग्री छुटमा उपलब्ध गराउने जिम्मेवारी दिएको छ। सोही चाडपर्वकै अवसरमा दुग्ध विकास संस्थान ९डिडिसी० ले लैनचौरस्थित केन्द्रीय कार्यालय र रामशाहपथमा पसल राखेर विभिन्न दुग्धजन्य पदार्थमा छुट दिने घोषणा गरेको छ। प्रतिकिलो घ्यूमा १० रुपैयाँ छुट दिइने डिडिसीले जनाएको छ।

No comments:
Post a Comment