Saturday, September 6, 2014

ग्लोबल आइएमई बैंकले २५ प्रतिशत लाभांस दिने

September 5
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांस दिने भएको छ । glowal ime bankglowal ime bank
बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । संचालक समितिले निर्णय गरेको यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आठौं बाषिर्क साधारण सभाबाट पारित भएपछि बितरण गरिने छ ।

 बैंकले गत आर्थिक बर्षमा १ अर्ब २७ करोड नाफा आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व भन्दा बढी पुग्ने छ भने शाखा संजाल र पूँजीको हिसावले निजी क्षेत्रको सवै भन्दा ठूलो बैंक हुने छ । हाल बैकंले करिब ५४ अर्ब निक्षेप संकलन तथा ४४ अर्ब कर्जा प्रवाहा गर्न सफल भएको छ भने ८४ शाखा र ८१ एटीएममार्फत् ५ लाख भन्दा बढी गा्रहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

No comments: