सोमवारको दैनिक पत्रिकामा बिजनेश खबर
September 1 सोमवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुको खबरलाई प्रमुख बनाएर छापेका छन् ।
कारोबारदैनिकले सेयर बजार अझै अस्थिरको खबरलाई प्रमुख बनाएको छ । वित्तीय संस्थाले जुनसुकै बेला सेयर बेच्न सक्ने आशंकामा लगानीकर्ताले धमाधम सेयर विक्री गर्दा पुँजीबजार अस्थिर देखिएको छ । राष्ट्र बैंकले अल्पकालिन ब्यापारिक लगानीमा सीमा तोकेपछि सेयर बजारमा आपूर्ति बढ्ने र मूल्य घट्ने आशंकाले लगानीकर्ता आत्तिएका छन् ।
यही प्रभावले साताको पहिलो दिन आइतबार नेप्से १९ अंकले ओरालो लागेको छ ।
आर्थिक दैनिकले
यस्तै, महानगरमा अख्तियारको छापा, क्रसर उद्योगीसँग सरकार झुक्दै, ऊर्जासचिवको नेतृत्वमा सात सदस्यीय टोली भारत जाँदै, अख्तियारद्वारा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई कारबाहीको तयारी, ट्रफिक प्रहरीद्वारा अबैध डिजिटल बोर्ड सञ्चालन लगायतको खबर आर्थिक दैनिकमा छ ।
नागरिक
दैनिकले ‘विद्युत महसुल वृद्धिमा आपत्ति’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल विद्युत प्राधिकरणले पुनः विजुलीको महसुल बढाउँन प्रस्ताव गरिरहँदा ठूला उद्योगी भने यसको विपक्षमा उभिएका छन् ।
अन्नपूर्ण
पोष्टले चाडपर्वका बेला यात्रुसेवा दिइनेबारेमा मुख्य खबर बनाएको छ । आसन्न चाडपर्वलाई लक्षित गरी यातायात ब्यवसायीले लामो दूरीमा ६ सय नयाँ बस थप्ने तयारी गरेको छ ।
दसैं र तिहारमा यात्रुको चाप हुने बुटवल, वीरगञ्ज, विराटनगर, झापा, बिर्तामोड, इलाम, राजविराज, सिराहा, पोखरा, नेपालगञ्ज, जनकपुर, बनेपा, भैरहवा, चितवन लगायतको रुटमा बसको संख्या सामान्य दिनभन्दा झण्डै पाँचदोब्बर थपिनेछ ।
यस्तै, अािख्तयारबाट जोगिन स्वरोजगार कोषका कार्यकारी निर्देशकद्वारा किर्ते, माथिल्लो तामाकोसीमा सेयर संरचना परिवर्तन गर्न स्थानीयको माग, आईएनजीओको शाखा खोल्न परराष्ट्रको अनुमति, ४८ प्रतिशत कामदार मलेसियामा, सार्क बैठकमा सहकारी अध्ययन मञ्चको प्रस्ताव, पर्यटन बोर्डको अनियमितता छानबिन ८० प्रतिशत पुरा लगायतका खबर कारोबार दैनिकमा छ ।
‘काठमाडौ जिल्ला अदालतको आदेश अस्पष्ट’ शीर्षकमा मुख्य खबर छापेको छ । काठमाडौ जिल्ला अदालतबाट भदौ १३ गते भएको एउटा आदेशले अदालतबाटै दण्डहिनता बढाएको पुष्टी गरेको समाचार छ ।
यस्तै, प्यान्ट योनाबाट टाटा पछि हट्यो, विदेशको कमाइ धमाधम पर्यटन उद्योगमा, टेलिकमले २२ लाख ग्राहक थप्ने, बंगलादेशमा निर्यात बढाउन महिला उद्यमीलाई सुझाव लगायतको खबर नागरिक दैनिकमा छ ।
यस्तै, नेपाल-भारत विद्युत ब्यापार सम्झौताबारे लगाकतासाथ अख्तियारी दिए सम्झौता सफल हुने ऊर्जासचिवको धारणा, स्थानीय मुद्रामा ऋणपत्र नियमावलीको मस्यौदा तयार, डाटा विस्तारमा लगानी केन्दि्रत गर्दै टेलिकम लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।
No comments:
Post a Comment