Monday, September 1, 2014

द्वन्द्वकालमा कृष्णबहादुर महरा पूर्वसेनापति रुक्मांगदका सुराकी !

September 1 काठमाडौं ।

 धेरैलाई थाहा छ, सबैको हुन खोज्दा कसैको भइँदैन । कहिले प्रचण्डको साख्खै हुने अनि कहिले मोहन बैद्यको साखुल्लने भएर अवसर लिएका एमाओवादीका महासचिव कृष्णबहादुर महरा ककसको साखुल्ले भएर फाइदा लिएका रहेछन् भन्ने तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।krishna bahadur mahara
हुन त त्यतिबेला सञ्चारमन्त्री हुँदा महरा विवादास्पद व्यक्ति अजय सुमार्गीको दाहिने हात भएर दूरसञ्चार क्षेत्रका करिब २ अर्ब रुपैयाँका विभिन्न निर्णयमा विवादमा तालिएका थिए । तर, यतिबेला भने पूर्वसेनापति रुक्मांगद कटुवालका कारण अर्को पोल खुलेको छ । यो पोल खुलेपछि भने महासचिव महरा पार्टीभित्र गम्भीर विवादमा फसेको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ । कटुवालले आफ्नो आत्मकथा नामक पुस्तकमा महरामार्फत एमाओवादीको सूचना लिने गरेको अनौपचारिक रुपमा उल्लेख गरेका छन् ।
काराबही प्रकरणका बेला छिनछिनमा सूचना दिएर विभिषण भूमिका विार्ह गर्नेबारे उल्लेख राम्रैसँग लेखेका छन् । त्यसपछि पार्टीमा महरा विवादमा तानिएका छन् । केही केन्द्रीय सदस्यले महराको भूमिकाको लिखित जानकारी लिई कारबाही गर्नुपर्ने माग गर्न थालेका छन् ।
धौलागिरीतिरका एक एमाओवादी नेताले महराले अहिलेसम्म कटुवालको पुस्तकमा उल्लेख वाक्यबारे खण्डन नगरेको र पार्टीले समेत स्पष्टिकरण नसोधेका कारण महराको चरित्र दोहोरो रहेको पुष्टि गर्ने बताए । यसबारे अध्यक्षलाई भेटेर जानकारी माग्ने तयारी भइरहेको उनले बताए ।

No comments: