Thursday, September 11, 2014

प्रेमिकाको हत्या आरोपमा पिस्टोरियसले सफाइ पाए

September 11
काठमाडौं । दक्षिण अफ्रिकाको एक अदालतले पारा एथलेटिक ओस्कार पिस्टोरियसलाई आफ्नो प्रेमिकाको हत्यामा सफाइ दिएको छ । Oscar-Pistorius
न्यायाधीश थोकासाइल मासीपाले पूर्वनियोजित हत्याको आरोप प्रमाणित नभएको फैसला गरेको हो । पिस्टोरियसमाथि आफ्नो २९ वर्षीया गल्र्डफ्रेण्ड रीवा स्टीनक्यापको गत वर्ष भ्यालेन्टाइन डेको दिन हत्या गरेको आरोप लागेको थियो । उनले भने आरोप अस्वीकार गरेका थिए ।

 कोही व्यक्ति आएको आशंकामा गोली चलाएको पिस्टोरियसले बताएका थिए । यो मुद्दामा तीन मार्चबाट अदालती कारबाही सुरु भएको थियो । यो क्रममा ३७ मानिसको वयान लिइएको थियो । अदालती कारबाहीको टीभीमा लाइभ प्रशारण समेत गरिएको थियो ।

सुनुवाइका क्रममा पिस्टोरियस पटक पटक रोएका थिए । पिस्टोरियसले २०१२ को लण्डनको पारा ओलम्पिकमा चार सय मिटर दौडमा स्वर्ण जितेका थिए ।

No comments: