Thursday, September 11, 2014

इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने

September 11
भदौ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको बैंकले जनाएको छ ।

अघिल्लो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । बैंकको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले स्वीकृति दिएपछि मात्रै कार्यान्वयन हुन्छ । बैंकले प्रस्ताब गरेको बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी ४ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।

 हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १४ करोड रुपैयाँ छ । गत वर्ष बैंकले एक अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । सो अवधिमा बैंकले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 गत वर्षको नाफाबाट लाभांसको घोषणा गर्ने पाँच वाणिज्य बैंकमध्ये यो बैंक तेस्रो स्थानमा छ । नविल बैंकले ६५ प्रतिशत, एभरेष्ट बैंकले ६२ प्रतिशत, सिटिजन बैंकले १९.९५ प्रतिशत र सानिमा बैंकले १५ प्रतिशत लाभांसकेा घोषणा गरिसकेका छन् ।

भदौ १८ गते घटना र बिचार.कमले इन्भेष्टमेन्ट बैंकले ३७ प्रतिशत लाभांस दिनसक्ने विश्लेषणसहितको समाचार प्रकाशित गरेको थियो ।

No comments: