Sunday, September 7, 2014

केटी साथीको अश्लील फोटो बनार्इ ६ हजार माग्ने पक्राउ

September 7
काठमाडौं । एउटै कक्षामा पढ्ने महिला साथीको अश्लील फोटो बनाइ पैसा माग्ने राजेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर १ बस्ने २२ वर्षका पौडेलले एउटै कक्षामा पढ्ने महिला साथीको मोबाइलमा रहेको फोटो दुरुपयोग गरी अश्लिल तस्वीर बनाइ सामाजिक सञ्जालमा राख्ने धम्की दिएका थिए ।

 उनले पटक-पटक इमेल गरी ६ हजार मागेका थिए । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको अपराध महाशाखाबाट खटिएको टोलीलाई पक्राउ गरेको हो ।

 उनलाई बिधुतिय कारोवार ऐन अन्तरगत मुद्धामा कारबाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

No comments: