September 10
मुलुकका विभिन्न भागमा हालै गएको बाढी र पहिरोमा परी मृत्यु भएकाको आत्माको शान्ति र घरवारविहीन भएकाको सहयोगार्थ आजदेखि यहाँ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

पण्डित दिनबन्धु पोखरेलले बाचन गर्ने महायज्ञ आजदेखि राजधानीको तिनकुनेमा कलश यात्रासहित सुरु गरिएको छ । यो महायज्ञ असोज १ गते समापन हुने छ ।
महायज्ञमा उठेको सम्पूर्ण रकम बाढी पहिरोमा परेकाको सहयोगको लागि खर्च गरिने आयोजक श्रमिक सहारा संस्थाका अध्यक्ष श्याम महतले जानकारी दिनुभयो ।
महायज्ञबाट उठेको रकमबाटै सिन्धुपाल्चोकको जुरेमा नागको प्रतिमा समेत स्थापना गरिने महायज्ञ मूल समारोह समितिका अध्यक्ष सन्तोष गौतमले बताउनुभयो ।
आयोजकले सिन्धुपाल्चोकको जुरेमा नागको प्रतिमा स्थापना गर्ने स्थानको छनोट तथा मन्दिर स्थापना गर्ने घोषणा गरेर आएकै दिन जुरेमा पहिरोले थुनेर बनेको कृत्रिम ताल फुटेको आयोजक संस्थाको दाबी छ ।
बौद्ध धर्मावलम्बीहरूले समेत परम्पराअनुसार जुरेमा ४५ दिने पूजापाठ सुरु गरेका छन् । गत साउन १७ गते सिन्धुपाल्चोकको भोटेकोसी नदी किनारमा पर्ने जुरेमा पहिरो जाँदा १५६ जनाको मृत्यु भएको थियो ।

No comments:
Post a Comment