Wednesday, September 10, 2014

एन्फा कप फुटबलको उपाधि झापा ११ लाई, संकटा ४-० ले पराजित

September 10
काठमाडौं । एन्फा कप फुटबलको उपाधि झापा ११ ले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित संकटा क्लबलाई ४-० ले पराजित झापाले १० लाख हात पारेको छ । शंकटाले ५ लाखमा चित्त बुझाएको छ ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता लिएको ४३ औं मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको थियो । यसअघि १५ औं मिनेटमा संकटाका उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

यस् २४ औं मिनेटमा संकटाका सुमन लामाको प्रहार बारमा लागेर फर्कियो । दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भयो । ७६ औं मिनेटमा झापा ११ ले पेनाल्टी पायो ।

रावि सिलवालले योगेश गुरुङलाई डिफक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा कर्ण लिम्बुले गोल गरे । खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गरे । लगतै बुद्ध चेम्जाङले गोल गरेपछि झापा ११ पहिलो पटक आयोजित एन्फा कपको उपाधि जित्न सफल भयो ।

 सर्वोत्कृष्ट खेलाडी सुमन लामा प्रतियोगिताको उर्वोत्कृष्ट खेलाडी संकटाका सुमन लामा बनेका छन् । उनले मोटरसाइकल पाएका छन् । उनले सेमिफाइनलमा आर्मीविरुद्ध निणर्ायक गोल गरेका थिए । यस्तै उत्कृष्ट फवार्ड झापा ११ का विशाल राई बनेका छन् ।

 डिफेण्डरमा झापा ११ का देवेन्द्र तामाङ, गोलकिपरमा झापाका दिनेश लामा र प्रशिक्षकमा झापा ११ कै भगिरथ आले मामा उत्कृष्ट घोषित भए । उत्कृष्ट मिडफिल्डर भने संकटाका बसन्त गुरुङ बने । उनीहरुले नजही ५० हजार पाएका छन् ।

No comments: