Saturday, September 13, 2014

राजनीतिक समिति आवश्यक छैन : केसी

September 13
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले एमाओवादीले भने जस्तो उच्चस्तरीय राजनीतिक समिति गठन आवश्यक नरहेको बताएका छन् ।

शनिबार राजधानीमा कांग्रेस धादिङ ज्यामरुङ सम्पर्क समितिको साधारण सभाको उद्घाटन गर्दै केसीले यस्तो समिति बनाए संविधानसभाको समानान्तर सस्था बन्ने बताए ।

 कांग्रेस जसरी भए पनि आगामी माघ ८ गते संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पार्दै सकेसम्म सहमति सहमति नभए प्रक्रियाबाट संविधान निर्माण गर्नु पर्ने धारणा राखे ।

माघ ८ मा संविधान ल्याउनु समस्या र चुनौती दुबै भएको भन्दै कांग्रेस नेता केसीले सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्न सबै दलहरु तयार हुनु पर्ने बताए ।

No comments: