September 2
काठमाडौं । भोलीदेखि राजधानीको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला सुरु हुँदैछ । सवारी साधन बिक्रेताहरु मेलामा अरु भन्दा आफ्नो ब्रान्डलाई अब्बल बनाउने तयारीमा जुटिरहेका छन् ।होण्डाका तीन मोडल
होन्डाले मेलामा नयाँ सिबिआर १५० आर प्रिमियम स्पोर्टी बाइक र एक्टीभा स्कुटर प्रर्दशनीमा राख्दै छ ।
Honda
सिबिआर १५० आर पि्रमियम स्पोर्टी लुक्स भएको बाइक हो । यस भन्दा अगाडी बजारमा आएको सिबिआरले ग्राहकको ध्यान तान्न सफल भएको छ । नेपाली बजारमा यसको मूल्य कति पर्नेछ भन्ने अझै तय नभएको नभएको कम्पनीका अध्यक्ष सौरभ ज्योतिले बताए ।
हिरोका ५ नयाँ मोडल आउँदै
मेलामा हिरोले पाँचवटा नयाँ मोडलहरु प्रर्दशनीमा राख्ने भएको छ । हिरोले करिज्मा आर, करिज्मा जेडएमआर, एक्स्ट्रीम स्पोर्टस् प्यासन प्रो टीआर र स्पेलेन्डर प्रो क्लासिक मेलामा सार्वजनिक गर्न लागिएको छ ।
एक्स्ट्रीम स्पोर्टसको मूल्य २ लाख ३३ हजारको हाराहारीमा रहेको छ । १५० सीसीको यो मोडलको अघिल्लो भर्सन ग्राहकले निकै मन पराइसकेका छन् । स्प्लेन्डर प्रो क्लासिक सय सीसीको बाइक हो ।
यामाह आर-६ र आर-१५ अपग्रेडेड भर्सनमा
मेलामा यामाहाले पनि नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा आर-६’ र ‘आर-१५’ न्यू रेसिङ ग्राफिक्स बाइक मेलामा प्रर्दशनी गर्ने भएको हो ।
Yamaha-bike
आर-१५ नेपालमा सर्वाधिक रुचाइएको बाइक हो । आर-१५ का दुबै मोडल नेपाली सडकमा अत्याधिक गुड्छन् । अपग्रेडेड भर्सनमा ल्याउन लागेको आर-१५ बाइक १५० सीसीको हो ।
१५५ सीसीको सुजुकी जिक्सर
Suzuki-Gixxerसुजुकी इन्डियाले उत्पादन गरेका सुजुकी बाइकहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको भिजी सुजुकीले मेलामा नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले १५५ सीसीको सुजुकी जिक्सर बाइकल मेलामा सार्वजनिक गर्ने भएको हो । यसको मूल्य नेपालमा २ लाख ३२ हजार ९ सय रुपैयाँ पर्ने बताइएको छ । तर, कम्पनीले मेला तथा दशैंतिहारमा ३ हजार रुपैयाँ नगद छुट दिएर २ लाख २९ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।
बजाजले पुरानै बाइक शो गर्ने
नेपालीहरुमाझ निकै लोकप्रिय बन्न सफल भएको बजाजले हालै बिक्रि सुरु गरिएका नयाँ मोडललाई मेलामा प्रर्बद्धन गर्ने भएको छ । pulsar-bike मेलाकै लागि भनेर कुनै बिशेष मोडल सार्वजनिक नगरिए पनि दशैंका लागि लक्षित गरी ल्याइएका मोडललाई प्रर्दशन गर्ने छ । बजाजले आफ्ना लोकपि्रय मोडल पल्सर प्रर्दशनीमा राख्नेछ । त्यस्तै अन्य कम मूल्यका तर धेरै उभोक्ताको रोजाईमा परेका मोडलहरु पनि बजाजले प्रर्दशनीमा राख्ने बताएको छ ।
केटीएम डुक पनि पुरानै मोडलमा
केटीएम डुकले पनि मेलामा नयाँ मोडल सार्वजनिक नगर्ने बताएको छ । पुरानै मोडल सहित मेलामा सहभागी हुन लागेको केटीएम डुकका २०० र ३९० सीसीका बाइकहरु प्रर्दशनीमा राखिने भएको छ ।
duke-bike
केटिएम डुक-२०० मोडलको ४ लाख १९ हजार ९ सय रुपैयाँ र केटिएम डुक-३९० सीसी मोडलको ५ लाख ७९ हजार ९ सय रुपैयाँ पर्छ ।
महिन्द्रा टु हृविलर्स
महिन्द्रा टु हृविलर्सले पनि मेलामा पुरानै मोडल प्रर्दशनीमा राख्ने जानकारी दिएको छ । अहिलेसम्म नयाँ बाइक तथा स्कुटर मेलामा सार्वजनिक गर्ने तयारी नभएको बताउँदै कम्पनीले पुराना ५ मोडल प्रर्दशनीमा राख्ने जानकारी दियो । कम्पनीले ३ वटा स्कुटर र २ वटा बाइक प्रर्दशनीमा राख्ने भएको छ । १२५ सीसी क्षमताका रोडियो, ड्यूरो डिजेड र फ्लाइट स्कुटर तथा ११० सीसीको सेन्चुरो र पेन्टुरो बाइक कम्पनीले प्रर्दशनीमा राख्नेछ ।
No comments:
Post a Comment