September 2
पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ ।१. छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने-
छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् ।
२.सास फेर्न कठिनाइ हुने- यदि तपाइँलाई स्वास लिन बल लगाउनु पर्छ वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटुरोगको लक्षण हुनसक्छ ।
३. धेरै पसिना आउने- गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बस्इै पनि पसिना तरतरी आउँछ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । त्यसैले तुरुन्तै जँचाइहाल्नुस् ।
४. वाकवाक लागिरहने-
नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।
५.हात झझमाउने तथा चेतनावीहिन बन्ने-
यदि तपाइँको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत बन्नुहोस् । यसो हुनु भनेको मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ । ६.सरीरको कुनै अंगले काम गर्न छाड्नु- यदि सरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्राई नगर्नुहोस् । त्यो मुटुरोगको लक्षण हनुसक्छ ।
७. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने-
यदि तपाइँलाई बोल्दाखेरि अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । एजेन्सीको सहयोगमा
No comments:
Post a Comment