Monday, September 8, 2014

सोमबारका छापामा मुख्य खबर

September8 राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सुनकोशी नदी थुनिएर बनेको ताल फुटेर पानी बगेको, ताल २० मिटरसम्म घटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले
फलफूल खाने नेपाली एक प्रतिशत मात्र रहेको, डिआइजी बढुवामा एक मात्र उजुरी परेको, दुरपिन खरिदमा सेनालाई साढे तीन करोड घाटा लागेको खबरलाई प्राथमिकताका साथ छापेको ।1

 राजधानी दैनिकले
 अगि्रम बुकिङ नखुल्दै दसैंका टिकट सकिएको, सुनकोशी पहिरोका केही पीडितले सबैको घर देखिए पनि आफ्नो नदेखिएको भन्दै गुनासो गरेको, संविधानका विवादित विषय टुंग्याउने विषयमा संविधानसभा नै अन्योल भएको खबरलाई प्राथमिकताका साथ छापेको छ।  2.2

अन्नपूर्ण पोस्टले
नक्कली कागपत्र भएका २० युवा विमानस्थलबाट फर्काइएको, बालबालिकालाई पोलियो विरुद्धको महँगो सुई दिइने, नखुल्दै दसैंको अगि्रम टिकट सकिएको खबरलाई प्राथमिकताका साथ छापेको ।  3

नागरिक दैनिक
ले हिउँदमा लोडसेडिङ १७ घन्टा हुने, नेपालले एएफसी यू-१६ च्याम्पियनसिमिा साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलेको खबरलाई प्राथमिकताका साथ छापेको छ 
 4
 6

No comments: